Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Thursday, May 1, 2014


                                                         
एउटा लामो कथा लिएर बाँचेको मान्छे
सम्झँदै तिमीलाई आँशु पिएर बाँचेको मान्छे

लट्टाईको सहारामा उडेको चंगा जस्तो
फगत् धागोमै जिएर बाँचेको मान्छे

समयले एस्तो हविगत बनाइसक्दा पनि
मौनताको सहारा लिएर बाँचेको मान्छे

पढ्न त पढ्छन मलाई बुझ्दैनन् कसैलेनी
ध्वजा ध्वजा यो मन सिएर बाँचेको मान्छे ।
                 
               -क्षितिज वाग्ले

Design and Compelled by Engineer Kshitij Wagle | Blogger Theme by Horizon - Wagle | waglehorizon