Thursday, November 14, 2013


Eminem, born Marshall Bruce Mathers III, 17 October 1973, Kansas City, Missouri, USA. This white rapper burst onto the US charts in 1999 with a controversial take on the horrorcore genre. Mathers endured an itinerant childhood, living with his mother in various states before eventually ending up in Detroit at the age of 12. He took up rapping in high school before dropping out in ninth grade, joining ad hoc groups Basement Productions, the New Jacks, and D12. The newly named Eminem released a raw debut album in 1997 through independent label FBT. Infinite was poorly received, however, with Eminem earning unfavourable comparisons to leading rappers such as Nas and AZ. His determination to succeed was given a boost by a prominent feature in Source's Unsigned Hype column, and he gained revenge on his former critics when he won the Wake Up Show's Freestyle Performer Of The Year award, and finished runner-up in Los Angeles' annual Rap Olympics. The following year's The Slim Shady EP, named after his sinister alter-ego, featured some vitriolic attacks on his detractors. The stand-out track, "Just Don't Give A fuck", became a highly popular underground hit, and led to guest appearances on MC Shabaam Sahddeq's "Five Star Generals" single and Kid Rock's Devil Without A Cause set. As a result, Eminem was signed to Aftermath Records by label boss Dr. Dre, who adopted the young rapper as his protege and acted as co-producer on Eminem's full-length debut. Dre's beats featured prominently on The Slim Shady LP, a provocative feast of violent, twisted lyrics, with a moral outlook partially redeemed by Eminem's claim to be only "voicing" the thoughts of the Slim Shady character. Parody or no parody, lyrics to tracks such as "97 Bonnie & Clyde" (which contained lines about killing the mother of his child) and frequent verbal outbursts about his mother were held by many, outside even the usual Christian moral majority, to be deeply irresponsible. The album was buoyed by the commercial success of the singles "My Name Is" and "Guilty Conscience" (the former helped by a striking, MTV-friendly video), and climbed to number 2 on the US album chart in March 1999.

Eminem subsequently made high profile appearances on Rawkus Records' Soundbombing Volume 2 compilation and Missy "Misdemeanor" Elliott's Da Real World. He was also in the news when his mother filed a lawsuit claiming that comments made by the rapper during interviews and on The Slim Shady LP had caused, amongst other things, emotional distress, damage to her reputation and loss of self-esteem. None of which harmed the sales of Eminem's follow-up album, The Marshall Mathers LP, which debuted at number 1 on the US album chart in May 2000 and established him as the most successful rapper since the mid-90s heyday of 2Pac and Snoop Doggy Dogg. By the end of the year, however, his troubled personal life and a serious assault charge had removed the gloss from his phenomenal commercial success. Despite criticism from gay rights groups, the rapper swept up three Grammy Awards the following February. He also reunited with his D12 colleagues to record the transatlantic chart-topping Devil's Night. 

Eminem's new studio album, The Eminem Show, was premiered by single "Without Me". The track, which debuted at UK number 1 in May 2002, featured a sample from Malcolm McLaren's "Buffalo Girls" and was supported by a controversial video which saw the rapper dressing up as Osama Bin Laden. The album debuted at number 1 on both sides of the Atlantic. Later in the year, Eminem made his mainstream acting debut in 8 Mile. The lead single from the soundtrack, "Lose Yourself", gave the rapper his first US number 1 single in November.



Thursday, November 7, 2013

__________________________________________________

Description

--------------------------------------------------------------------------------

The LP2951 regulator is manufactured by National Semiconductors. The choice of values is from an application note "Battery Charging", written by Chester Simpson.Diode D1 can be any diode from the 1N00x series, whichever is conveniently available. It functions as a blocking diode, to prevent a back flow of current from the battery into the LP2951 when the input voltage is disconnected.Charging current is about 100+mA, which is the internally-limited maximum current of the LP2951. For those wondering, this is compatible with just about any single-cell li-ion battery since li-ion can generally accept a charging current of up to about 1c (i.e. charging current in mA equivalent to their capacity in mAh, so a 1100mAh li-ion cell can be charged at up to 1100mA and so on). A lower charging current just brings about a correspondingly longer charge time. IMHO 100mA is quite low, low enough that the circuit can be used for an overnight charger for many typical single-cell li-ion batteries.The resistors are deliberately kept at large orders of magnitude (tens/hundred Kohm and Mohm range) to keep the off-state current as low as possible, at about 2΅A. Resistor tolerances should be kept at 1% for output voltage accuracy. The 50k pot allows for an output voltage range between 4.08V to 4.26V - thus allowing calibration as well as a choice between a charging voltage of 4.1V or 4.2V depending on the cell to be charged. The capacitors are for stability, especially C2 which prevents the output from ringing/oscillating.

..............................................................................................

Parts List

----------------------------------------------------------------------------

IC1 = LP2951, voltage regulator
D1 = 1N4002, General purpose diode
R1 = 2M, 1%, metal-film
R2 = 806K, 1%, metal-film
P1 = 50K, potentiometer
C1 = 0.1uF, polyester
C2 = 2.2uF/16V, electrolytic
C3 = 330pF, ceramic

Wednesday, November 6, 2013

लक्ष्मी प्रसाद देवकोटा
लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौ, डिल्लीबजारमा भएको थियो । उनको न्वारानको नाउँ तिर्थमाधव देवकोटा हो । तर तिहारको लक्ष्मीपूजामा जन्मेका हुँदा उनलाई लक्ष्मीप्रसाद भनियो ।
देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उनको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो । साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन । त्यसैले उनी सानैमा भन्थे, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि टयुसन गरेर पैसा कमाउँछु ।’ तर उनीचाहिं जन्मेदखि नै रोगी थिए ।
देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए । उनी सानैदेखि आफ्ना बुबाको कविता साफी गर्थे । आफ्ना बुबाको कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो । उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए । तर परिवारै त्यस विचारको विरोधमा लागेपछि देवकोटालाई अङ्ग्रेजी पढाउन दरबार स्कुलमा भर्ना गरिएको थियो ।
देवकोटा दरबार स्कुल पढ्दा नै आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे । उनका प्रायः साथीले ती कविता देवकोटाले नै लेखेका हुन् भनेर स्विकार्दैनथे । यसै क्रममा एक दिन सबै विद्यार्थी मिलेर यिनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए । यिनले पनि सबै विद्यार्थीमाझ कविता लेखे । अनि त्यसै घडी शिक्षकहरूले उनलाई ‘कोपिलाउँदो कवि’को दर्जा दिए ।
देवकोटाले आफ्ना बुबा र कविशिरोमणि लेखनाथ पौडयालका कविता पढेर नै कविता लेख्ने प्रेरणा बटुलेका थिए । उनी छिप्पिँदै गएपछि वर्डर्स्वर्थ र सेलीजस्ता पाश्चात्य कविहरूका प्रभावमा पनि पौडन थाले ।
देवकोटाले दस वर्षनपुगी कविता लेखे । त्यति बेला आफ्नी जेठी भाउजू सोमकुमारीको व्यथामा डुबेर ‘म त अभागी पो भएँ’ शिर्षमा उनले कविता लेखेका थिए ।
देवकोटाको पढाइ राम्रो भएकाले उनले दरबार स्कुलमा आठौँ कक्षाबाट एक्कैचोटि दसौँ कक्षा पढे । उनले १७ वर्षो हुँदा भारतको पटनाबाट म्याट्रिकुलेसनको परीक्षा दिएका थिए ।
देवकोटाले त्रिचन्द्र कलेजमा आइएस्सी पढे । उनले आइएस्सी पढ्दा लेखेको वसन्तषोडसी शीर्षकको कविता ‘लक्ष्मी, टीसी कलेज, नेपाल’का नाऊँबाट गोरखापत्र साप्ताहिकमा छापिएको थियो । त्यसै ताक उनले आफ्ना घरमा टयुसन पनि पढाउन थालेका थिए । उनले प्राइवेट परीक्षार्थीका रूपमा भारतको पटना विश्वविद्यालयबाट बीए पढे र त्यहीबाटै बीएल पनि पास गरे ।
पटनामा बीएल पढेताका देवकोटामा रोमान्सको हरियाली पल्हाएको थियो । त्यसपछि उनले प्रेमविषयक कविताहरू बढी लेख्न थाले । लेखन नै देवकोटाको क्रमशः प्रिय साथी हुन थाल्यो र लेखनमा नै उनको दिनचर्या पनि बित्न थाल्यो ।
देवकोटा चौध भाषा बुझथे । उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिकमार्फत जनमाझ पनि आए ।
देवकोटालाई काव्यसागरका जलदेवता भने पनि हुन्थ्यो । उनी उठ्ता, बस्ता, हिँड्दा, सुत्ता, खाँदा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्यभन्दा बाहिर हुँदैन थिए । बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि उनी काव्यसंसारमा नै विचरण गर्थे । उनको बाँचुन्जेलको साथी एउटा कविता थियो र अर्को चुरोट थियो । लेखेका बेला उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि चाल पाउँदैन थिए ।
सोह्र वर्षो उमेरमा देवकोटाको मनदेवी चालिसेसँग विवाह भयो । विवाहपश्चात् देवकोटाको जीवनमा मनदेवी नै संसारभरिका सम्पूर्ण पात्रहरूभन्दा महत्त्वपूर्ण पात्र भइन् । त्यस बेलाको उनको दाम्पत्यप्रेमको प्रगाढतालाई दर्शाएर नै पनि उनले ‘मुनामदन’ लेखे । देवकोटा र मनदेवीले पाँच छोरी र चार छोरा जन्माए ।
देवकोटाले गरिबीका कारण दैनिक अठार घन्टा पनि टयुसन पढाए । झन्नै तीन दर्जनलाई खान पुग्ने धन कमाउँदा पनि उनका घरका पुगनपुग एक दर्जन मान्छे भोकभोकै हिँड्थे । जति पैसा कमाउँदा पनि उनी कङ्गालसरि थिए । ८० बिघा खेत हुँदा पनि उनी भोकभोकै सुत्थे । देवकोटाकी पत्नी मनदेवी धर्ममा समर्पित हुनु र देवकोटा आफु चाहीं अति अव्यवहारिक हुनुका कारण नै देवकोटाको घर सारै दयनीय थियो ।
देवकोटा लाउनका भन्दा खानाका सौखिन थिए । उनले एउटा खसीको टाउको खान पाए भने एउटा खण्डकाव्य नै लेखिदिन्थे । मिठाई पनि उनलाई खुबै मन पर्थ्यो ।
देवकोटाको उधारो खाने ठाउँ डिल्लीबजारको लप्टनको होटल थियो । त्यस होटलमा देवकोटाका नाउँमा अरूहरूले पनि उधारो खान्थे । बगरेसँग पनि उनी उधारो नै मासु लिन्थे । बगरेले पनि महिना मरेपछि उनीसँग तेबारेर नै पैसा लिन्थ्यो ।
देवकोटा जुवातास र पासामा पनि पारङ्गत थिए । साथै उनी गीत पनि गाउँथे, हार्मोनियम र तबला पनि बजाउँथे । उनको सौखको अर्को साधन साइकल पनि थियो ।
राणाकालीन युगमा देवकोटा नेपालमा पुस्तकालय खोल्न लाग्दा झन्नै कैदी पनि भए । तर एक सय रुपियाँ जरिमाना गरेर उनीलाई छोडिएको थियो ।
देवकोटा दूरदर्शी थिए । कुनै बेला उनले ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक !’ कविता लेख्ता धेरैले उनलाई तरङ्गी भने । तर उनी दिवङ्गत हुनुभन्दा सोह्र घन्टाअघि रूसको रकेट चन्द्रलोक पुगेको थियो ।
देवकोटा मानसिक आघातका सिकार भएकाले उनलाई राँची लगियो । उपचारका क्रममा डार्.बर्कले हिलले भनेका थिए, ‘देवकोटाजस्तो मान्छे नेपालमा जन्मने नै होइन । उनी नेपालमा जन्मनु भूगोलको गल्ती हो ।’
लहडी भएकाले देवकोटा बीए, बीएल पढेको दस वर्षम्म जागिरमा छिर्न सकेनन् । अन्ततः उनी नेपाली भाषानुवाद परिषद्मा जागिरे भए । उनी जागिरे हुँदा बालकृष्ण सम र उनको प्रायः बौद्धिक जुहारी चल्थ्यो । त्यसै बेला उनले त्रिचन्द्र कलेजमा पनि प्रोफेसरको जागिर पाए । बीए पास भएर प्रोफेसरको पद पाउने पनि उनी प्रथम नेपाली थिए ।
देवकोटाले पद्म कन्या कलेजमा पनि प्रोफेसरको पद पाए । तर त्यहाँ उनी चार महिना मात्र टिके । त्यसपछि उनले कमर्स कलेजमा पनि प्रोफेसर पद पाए । त्यहाँ पनि उनी तीन महिना मात्र टिके । उनी आफ्नो कार्यालय र कलेजमा कहिले समयभन्दा निक्कै पहिले पुग्थे र कहिले समयभन्दा धेरै ढिलो पुग्थे ।
देवकोटा लहैलहैमा बनारसतिर पनि हान्निए । त्यस बेला उनले त्यहाँ जानेबारे घरपरिवारलाई पनि जानकारी दिएका थिएनन् र त्रिचन्द्र कलेजबाट पनि बिदा लिएका थिएनन् । अनि बनारसकालीन समयमा देवकोटाको जीवनपद्धति बौद्धिक कुल्ली, भरिया र हलीभन्दा माथिको देखिँदैनथ्यो । त्यस बेला उनको प्रमुख काम राणा विरोधमा युगवाणीको सम्पादन गर्ने थियो । उनी वनारसमा आर्थिक रूपमा आक्रान्त भएपछि बबरशमशेरले देवकोटालाई लिन खर्चसहित उनका भाइलाई पठाए । त्यसपछि देवकोटा आफुलाई बनारस लैजानेलाई धिक्कार्दै काठमाडौं फर्किए ।
देवकोटालाई प्रजातन्त्रपछि राजा त्रिभुवनले सल्लाहकार सभाको सदस्यमा मनोनीत गरे । राजा महेन्द्रले पनि देवकोटाको सो पदलाई निरन्तरता दिए ।
देवकोटा त्रिभुवन विश्वविद्यालयको स्थापनासँगसँगै सो विश्वविद्यालयको कमिसनको सदस्यमा मनोनीत भए । त्यसपछि उनैको हस्ताक्षरमा विश्वविद्यालयको रूपरेखा तयार भयो । महेन्द्रको चान्सरलरसिपमा देवकोटा पनि नेपाल एकेडेमीको सदस्य भए । डा.के.आई. सिंहको प्रधानमन्त्रित्वमा गठित मन्त्रिपरिषद्मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री पनि बने । ११० दिनसम्म मन्त्री भएका बेला पनि उनले नेपाल राष्ट्रभरिका स्कुल र कलेजहरूमा नेपाली भाषामा पढाइ हुने व्यवस्था मिलाए ।
नेपाली भाषासाहित्यमा देवकोटा रूमानी प्रवृत्तिलेखनका श्रीगणेश भए । साथै नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्‍याउने काम पनि देवकोटाबाट नै भएको थियो ।
भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतारका रूपमा लिएको छु ।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए ।
देवकोटा अफ्रोएसियाली लेखकसम्मेलनमा भाग लिन सोभियतसङ्घको तासकन्द गए । चिकित्सकको सल्लाहले त्यस समारोहमा भाषण गर्नुअघि देवकोटालाई दुई बोतल रगत पनि चढाइएको थियो ।
देवकोटा नेपालबाट भिसा र पासपोर्ट नबनाई तासकन्द गएका थिए । त्यसका निम्ति उनलाई मन्त्रिपरिषद्का अध्यक्ष सुवर्णशमशेरदेखि रोयल नेपाल एकेडेमीका भाइस चान्सलर बालचन्द्र शर्मासम्मले हरियो झण्डा देखाएर प्रेरित गरेका थिए । तर पछि तिनै व्यक्तिहरूको सिफारिसमा नै देवकोटाले एकेडेमीबाट पाउने पारिश्रमिक रोक्का गरिएको थियो । तर पछि त्यसको रहस्य खुलेपछि एक महिनाको तलब जरिमाना गरेर राजा महेन्द्रले उनको पारिश्रमिक निकासा गरिदिए ।
देवकोटा २०१६ साल भदौ २९ गते सोमबार साँझको ६ बजेर १० मिनेटमा क्यान्सरका कारणले दिवङ्गत भए ।
जगदीश घिमिरेको अन्तर्मनको यात्राले छोटो समयमै निकै प्रशंसा र ख्याति प्राप्त गर्‍यो । परिणामतः आफूले त्यो कृति 'पढेको छैन' भन्न कठिन हँुदै गयो, त्यसैले पढेँ । विशेष शारीरिक अवस्थामा भएका बेला लेखिएको कृति रहेछ त्यो । त्यसमा व्यक्त जीवन दर्शनका कतिपय पाटाहरूले मलाई पनि छोयो र यी हरफ लेख्ने जमर्को गरेँ । घिमिरेको कृतिको समालोचना गर्ने यो लेखको आशय होइन । यस पंक्तिकारका लागि उक्त कृतिको महत्त्वपूर्ण पक्ष भनेको त्यसमा व्यक्त भएका मानवीय गुण र जीवन दर्शनको पक्ष हो ।

गीता भन्छ- 'जातस्य हि ध्रुवोः मृत्यु' अर्थात् जन्मेपछि मृत्यु अवश्यम्भावी छ । मृत्यु कति उमेरमा, कुन समय र स्थानमा कसरी हुन्छ भन्ने कुरा कसैलाई पनि पूर्वज्ञान नहुनु मानव जीवनको सबैभन्दा सुखद पक्ष हो । रोग लाग्दैमा मान्छे मरिहाल्छ भन्ने छैन । तर 'माइलोमा' ले भेटेको मान्छे निश्चित समयभन्दा बढी बाँच्दैन भन्छ चिकित्सा विज्ञान । उपचारले मृत्युलाई केही पर भने धकेल्न सकिने रहेछ । लेखकले आपmनो उपचार प्रक्रियालाई अत्यन्त मर्मस्पर्शी शब्द संयोजनबाट मानवीय स्वभाव र जीवन दर्शनका कटु यथार्थहरूलाई सबैले देख्ने गरी, सबैले बुझ्ने र अनुभवद्वारा आत्मसात् गर्न सक्ने भाषामा व्यक्त गरेका छन् । साँच्चै भन्ने हो भने लेखकले 'मानव' भन्ने प्राणीलाई नंग्याएका छन् यस कृतिका माध्यमबाट । 

लेखकले समयलाई नै सर्वेसर्वा सत्य भनेका छन् र माइलोमालाई जीवनको जटिलताको प्रतीक । मानव जीवनको गहिराइमा व्याप्त विषाद, वेदना र छटपटीको साक्षात् रूप 'माइलोमा' लाई उनले 'अपराधै नगरे पनि दण्डित हुन विवश मानव नियतिको अभिलक्षण पनि हो' भनेका छन् । आफूले लेखेको आत्मानुभूति या आत्मालापलाई लेखक आफ्नो भन्दा बढी समयको योजना ठहर्‍याउँछन् । 'जीवन समयको योजना हो । आफ्नो होइन । मान्छेले अन्ततः समयकै योजनामा जिउनु र मर्नुपर्छ' लेखकले मृत्युसँगको साक्षात्कार गरिसकेपछि गरेको अनुभूति थियो त्यो र लक्ष्मीप्रसाद देवकोटाझैं उनी पनि 'आखिर श्रीकृष्ण रहेछ एक....' को निष्कर्षमा पुगेको अनुभूति हुन्छ ।

'पूर्ण सिद्धान्तवादीहरू पूर्ण विवेकहीन हुन्छन्' भन्ने लेखक राजनीतिक सिद्धान्तलाई बट्टामा बन्द र संकीर्ण मानसिकता ठान्छन् 'दायित्वको पदमा बसेकाहरू निर्णय गर्न होइन निर्णय टार्न प्रवीण थिए । नोकरतन्त्रको विशेषता निर्णय गर्नु होइन, निर्णय टार्नु हुन्छ' भन्दै लेखकले हिजोको मात्रै होइन 'नयाँ नेपाल' को पूर्वसन्ध्यामा पदार्पण गरेको नेपाली नोकरशाही तन्त्रको पनि राम्रै चिरफार गरेका छन् ।

लेखकले जीवनलाई धान्ने प्रक्रिया हो भनेका छन् । सायद उनलाई नजिकिँदै गरेको मृत्युवरणको कल्पनाले त्यस्तो अनुभूति दिलाइएको होला  । एकछिनपछि पनि के हुन्छ भन्ने थाहा नहुने जीवनमा लामालामा निजी योजनाहरू अर्थहीन हुने ठहर भेटिन्छ । मान्छेको पूर्ण व्यक्तित्व उसको भाव, स्वभाव र स्ववास्तविकताको संयोग भएको पनि उनको ठम्याइ छ । लेखकको बुझाइ छ- 'समस्या समस्यामा नभएर मान्छेमा हुन्छ ।' मान्छेले आफ्नो समस्या आफूमा नभएर अरूमा देख्छ । यो नै अहं समस्या बन्न पुग्छ । समस्यालाई हेर्ने दृष्टिमा नै समस्या भएमा वा मान्छेले आफू मात्रै जान्नेछु भनी ठानेमा लेखक त्यसको समाधान देख्दैनन् । 'म केवल यो जान्दछु कि केही पनि जान्दिनँ' भन्ने सुकरातको भनाइसँग लेखकले पनि सहमति जनाएका छन् । अज्ञानीलाई आफ्नो ज्ञान थाहा हुन्छ र ज्ञानीलाई अज्ञान । त्यसैले लेखक ठोकुवा गर्छन्- 'मान्छे मूलतः अविवेकी प्राणी हो जो आफ्नो अविवेक देख्दैन, अर्काको मात्रै देख्छ । 'तीव्र जीवनशैली वाहियात र घातक हो' भन्ने लेखक सुखको खोजीलाई दुःखको प्राप्ति ठान्छन् । सायद इतिहासको अध्ययन र तीव्रतर रूपमा देशको सामाजिक, आर्थिक, सांस्कृतिक र मूलतः राजनीतिक परिवेशमा आएको परिवर्तनका साथै नेपालीको छटपटीको अनुभव गरेका लेखकले मान्छेको जस्तै देशको पनि कर्म हुन्छ भनेर आफूलाई कर्मको सिद्धान्तका खरो पक्षधरका रूपमा स्थापित गरेका छन् । 

सम्बन्धहरूको जटिलता स्विकार्दै त्यसका आधारका बारेमा लेखक निकै फरक धारणा राख्छन् । 'प्रेम' लाई उनी संसारको कुनै पनि सम्बन्धको आधार मान्दैनन् । आकर्षण, विकर्षण, माया, दया, घृणा, चाहना, वासना, यौन नै सम्बन्धको आधार भएको उनको विश्लेषण 

छ । स्वार्थ र दायित्वलाई नै संसारको कुनै पनि सम्बन्धको दिगो र टिक्ने आधारका रूपमा स्थापित गर्न खोजेका लेखकले प्रेमलाई नकार्दै दायित्व र मर्यादालाई  नै दाम्पत्य वा पारिवारिक सम्बन्धको आधार बनाएका छन् । दायित्व र मर्यादा शाश्वत नभएर समय र परिस्थितिले गर्दा घोटिँदै, खिइँदै 

जाने हुँदा तिनको स्वाभाविक ह्रासकट्टीलाई लेखक स्विकार्छन् । सन्तानका सम्बन्धमा लेखक भन्छन्- 'सन्तान नहुनु एक पीडा हो भने सन्तान हुनु सय पीडा हो । सन्तानलाई सिकाउन सकिन्छ भन्ने सोच मानव जीवनको दुःखान्त हो' किनभने उनी थप्छन्- 'संसारमा कसैले कसैलाई केही पनि सिकाउन 

सक्दैन । सिक्नेले आफंै सिक्छ, स्वप्रेरणाले सिक्छ । कुनै पनि बेसोमतिले आफ्नो बेसोमतलाई बेसोमत 

मान्दैन । जसले आफ्ना मूर्खता र कमजोरीको जति औचित्य सिद्ध गर्न खोज्छ, त्यसले आफूमा त्यति नै कमजोरी र मूर्खताहरू बढाउँछ ।' 

 उनी समाज, नैतिकता र परम्परालाई लेखक ढोंग मान्छन् । 'आदर्श महान् हुन्छ तर जब मान्छेको पेटमा चारा हुँदैन तब सबै आदर्श व्यर्थ 

हुन्छन् ।' लेखक स्वयंको भोगाइका आधारमा ठोकुवा गर्छन् । लोकव्यवहारले अस्वीकार गरेको विचार निरर्थक हुन्छ । लेखकको अनुभव छ- 'संसार पैसामय छ, मान्छेले पैसा कमाउन जे पनि गरेको छ जुन कल्पनासम्म पनि गर्न सकिन्न ।' 

सबै प्रमुख धर्महरू मान्छेको जुनीको अन्तिम लक्ष्य मोक्ष अर्थात् ईश्वरमा विलय हुनु हो भन्छन् । तथापि लेखकको ठम्याइ छ- 'औसत मान्छे मुक्ति वा निर्वाण चाहँदैन, मान्छेले मुक्ति चाहने भए यो जुनीमा जसरी भए पनि बाँच्नका लागि यत्रोविधि आसक्त हुने 

थिएन । यो जुनीमा मान्छे आसक्तिले  गर्दा नै बाँचेका छन् र मरेपछि फेरि जन्मेर त्यो आसक्तिलाई निरन्तरता दिन चाहन्छन् । मोक्ष पाएर सांसारिक भोगको ढोका बन्द गर्न चाहँदैनन् । तसर्थ उनको निष्कर्ष छ- 'सकाम कर्म भोगको लोभ हो ।'  खुसीलाई नै जीवनको लक्ष्य ठान्ने लेखकले सबैले बुझ्ने 'हाँसो' लाई जगत्को एक मात्र मातृभाषा ठानेका छन् । आफ्नो सामाजिक अभियानको अनुभवका आधारमा लेखक भन्छन्- 'मानवीय विकासको लक्ष्य मान्छेको दुर्बलता घटाउनु र सबलता बढाउनु हो ।' नेपाली मानसिकताको यस्तो चित्र कोरिएको छ लेखकको मानसपटलमा- 'नेपाली मानसिकता यति दरिद्र छ कि आफ्नो बाहेक बृहत्तर स्वार्थ र हितका लागि कसैले पनि केही पनि गर्छ भन्ने सोच्नै सक्दैन ।' घृणालाई नै युद्धको बीउ ठान्ने लेखक प्रेमलाई नै युद्धको कारक ठान्छन् । मित्रलाई पनि शत्रुलाई जस्तै निगरानी गर्नुपर्ने उनको अनुभवले बताएको छ । सबै कूटनीति अरू उपायले गरेको युद्धको विस्तार भएको लेखकको ठहर छ ।

जो कोहीलाई पनि अप्ठ्यारो लाग्न सक्छ जब लेखक भन्छन्- 'मान्छेले सुखको खोजीमा सुखभन्दा बढी दुःख पाउँछ ।' अनि झन् थप्छन् 'भ्ा्रम सबभन्दा सर्वश्रेष्ठ सुख हो । मान्छे भ्रमलाई सुख ठान्छ र सुखी हुन्छ । भ्रम निवारण सबभन्दा ठूलो दुःख हो । भ्रम निवारण भइसकेपछि पनि कोही दुःखी हुँदैन भने त्यो ज्ञानी हुन्छ, सन्त हुन्छ । 'ब्रह्म सत्यम् जगन्मित्थ्या- अर्थात् ब्रह्म सत्य हो जगत् मित्थ्या हो' भन्ने भनाइलाई आधार मान्ने हो भने लेखकको भनाइसँग सहमत हुन सकिएला तर डोरीलाई सर्प भनेर भ्रममा परी दुःखी मान्छे भ्रम निवारण पछि दुःखी रहँदैन । त्यस्तै कुनै नराम्रो सपना देखेर दुःखी भएको मान्छे विपनामा आउँदा दुःखी रहँदैन । लेखक आफू सन्तको उचाइमा पुग्न खोज्दाखोज्दै धेरै ठाउँमा चिप्लिएका छन् । उनको अहं यत्रतत्र छताछुल्ल हुँदाहुँदै पनि त्यसलाई स्वाभिमानको कलेवरभित्र राख्न खोजिएको सहजै अनुभूति गर्न सकिन्छ । समयकै खेला होला, विषम र विशिष्ट शारीरिक अवस्थामा समेत सबैको मनमस्तिष्कको गहिराइमा गएर छुन सक्ने जीवन दर्शनको यथार्थ लेख्ने साहस लेखकलाई प्राप्त भएको देखिन्छ । यसलाई 'धन्य' भन्नैपर्छ ।  

Thursday, October 3, 2013

व्यास बाजेले अठार पुराण लेखे, तर सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न भुसुक्कै बिर्सेछन्। वेदव्यासको युगमा बिर्सेको कुरो आज वेदनाशको युगमा तैंले कसरी सम्झिस्? भन्नुहोला, मलाई पनि हिजै मात्र आफ्नी बुढी आमाले झट्ट सम्झाइदिइन्। साथै यस पुराणको माहात्म्य पनि मैले उनैबाट दृष्टान्तसहित बुझ्ने मौका पाएकोले अरु पुराणको प्रारम्भमा ‘शारदायै नम:’ भनेजस्तै पुराणको सुरुमा म भन्दछु – बूढी आमायै नम:।


परलोकका निम्ति होइन, यसै लोकको निम्ति नसुनी नहुने र परोपकारको निमित्त होइन, आत्मोपकारको निमित्त नबुझी नहुने यो सर्वकालीन, सर्वदेशीय र सर्वधर्मीय पुराणको नाम हो – ‘भुँडीपुराण।’ भुँडी विश्वको सर्वोच्च देवी हुन्, जसलाई मान्छेले मात्र होइन, देवाधिमेव महादेवले पनि मान्नुपरेको थियो। हेरिल्याएको खण्डमा कृष्ण हुन् कि क्राइष्ट हुन्, बुद्द हुन् कि कन्फ्युसियस हुन् सबै देवात्माहरु भुँडीबाट मर्त्यलोकमा अवरोहण गरेका हुन्। महर्षि हु्न् कि मार्क्स हुन्, सन्त हुन् कि सार्त्र हुन्, सबै दार्शनिकहरु भुँडीमै निर्मित भएर देखा परेका हुन्। वाल्मीकि हुन् कि होमर हुन्, टाल्सटाय हुन् कि टैगोर हुन्, दाँते हुन् कि देवकोटा हुन्, सम हुन् कि शेक्सपियर हुन् प्रत्येक कविको जन्म भुँडीबाटै भएको हो। अलेक्जेन्डर हुन् कि चङ्गेज खाँ हुन्, लिङ्कन हुन् कि लेनिन हुन्, नेपोलियन् हुन् कि जङ्गबहादुर हुन्, बिस्मार्क हुन् कि पृथ्वीनारायण शाह हुन्; सबै नेताहरुको उद्गमस्थल भुँडी हो। त्यसैले भुँडी जीवनकी निर्मात्री र विश्वकी अधि्ठात्री हुन्, जसको पूजाआजा गर्नु प्राणीमात्रको प्रमुख कर्तव्य हो।

भुँडीको पूजाविधि देख्नलाई त्यति झन्झटिया छैन, किनभने हाम्रा अरु देवदेवीलाई जस्तो चन्दन, अबिर, फूल इत्यादिको भुँडीदेवीलाई जरुरत छैन। उनलाई त केवल जल र नैवेद्य भए पुग्छ। तर जल र नैवेद्यका प्रकार र मात्राहरुचाहिं विवेचना गर्न लाग्यो भने भुँडीपूजाजस्तो अप्ठ्यारो न भीमसेन पूजा हुन्छ, न भगवतीपूजा। जल मात्र कति थरी चाहिन्छन् कति थरी- चिसो, तातो, सेतो, रातो, चिल्लो, खल्लो, नुनिलो, गुलियो, अमिलो, धमिलो इत्यादि। अझ नैवेद्य त के कति र कस्तो भनी बयान गरेर साध्य छैन। त्यस कारण, यसबारे पूरा जान्ने इच्छा छ भने बरु कुनै नैवेद्यविशेषज्ञले लेखेको भुँडीपूजापद्धति पढ्नुहोला अथवा कुनै भुँडीवालकी बूढीसित सोध्नु भए पनि हुन्छ। यो पुराणमा त यति मात्र जनाइन्छ कि भुँडीदेवीलाई नैवेद्य चाहिन्छ। नैवेद्यको अभावमा वा कमीमा, नैवेद्यको हेलचक्र्याइँमा वा लापर्बाहीमा भुँडी रिसाइहाल्छिन्। शङ्कर रिसाउँदा संसार संहार हुन्छ भनी व्यास बाजे भन्थे भने शङ्करको पनि साख्खै आमा पर्ने महामाता भुँडी रिसाउँदा त के होला के नहोला, आफैं कल्पना गर्न सक्नुहुन्छ। विश्वामित्रजस्ता नैष्ठिकलाई कुकुरको मासु कोच्याएको कुरादेखि लिएर विश्वका कैयौं नेता र जेताको जुगमा क्रान्तिको आगो सल्काउँदै भुँडीदेवीले मच्चाएका घम्साघम्सी र ध्वांसाध्वांसी कसलाई थाहा छैन र! यसैले ज्ञानमा जति गढे पनि, विज्ञानमा जति बढे पनि, विद्यामा जति पढे पनि, बुद्धि जति जडे पनि आखिर सबै चुलिंदै गई ‘ओं’ बन्छ भनी ऋषिहरु भन्थे, तर मलाई लाग्छ- त्यो अक्षर ‘ओं’ होइन ‘आँ’ बन्छ। यसकारण प्रत्येक बिहानै ‘कुखुरी काँ’को साथै प्रत्येक घरका केटाकेटीहरु मुख बाइहाल्छन्- ‘आँ’! अनि रातोरातो जल र मीठो पीठो जेजति पाइन्छ नैवेद्य चढाउँदै भुँडीपूजाको कार्यक्रम सुरु गर्नुपर्छ। घरमा होस् कि होटलमा होस्, ब्यारेकमा होस् कि होस्टेलमा होस्, ट्रेनमा होस् कि प्लेनमा होस्, बाटैमा होस् कि घाटैमा होस्, आखिर जहाँ भए पनि हातमुख जोर्दै सम्झनुपर्छ-
“नमो देव्यै पेट देव्यै सर्व देव्यै तथेव च। आन्द्रा आन्द्री समेतायै भुँडी देव्यै नमो नम:॥”

भुँडीपूजाको यस कार्यक्रममा अलिकति बाधा पर्यो भने आफ्नो भुँडी रिसाउनुभन्दा पहिले घरकी बुढी रिसाउँछिन् र घुर्की लाउँछिन्- तपाईंको तो सिङ्गल भुँडी त हो नि। नभन्दै उनको भुँडी साह्रै चामत्कारिक हुन्छ। आखिर गनेर ल्याउँदा बूढाबूढीदेखि लिएर भुराभुरीसम्मका सिङगा भुँडी र बूढीको भुँडीभित्रको भुँडीसमेत जोडी प्रत्येक घरमा सालाखाला साँढे सातभन्दा कम भुँडी पाइन मुस्किल छ। अनि कतिको भुँडीपूजा कतिपल्ट गर्ने? त्यसैले कोहीकोही गुनासो गर्छन्- भुँडीपूजाको झन्झट नहुँदो हो त म केके न गर्थें। हो पनि मान्छेलाई त्यो झन्झट नपरेको भए ऊ सत्यवादी हुन्थ्यो, सदाचारी हुन्थ्यो, अणुबम बनाउने खर्चले समुद्र पुर्थ्यो, आकाश उतार्थ्यो। तर मलाई लाग्छ- यी केवल धाकै मात्र हुन्, भुँडी नभएको भए मान्छे सुत्थ्यो- कुम्भकर्ण सुतेझैं। अनि जङ्गल जङ्गलै रहन्थ्यो, मान्छे जङ्गलभित्रै हुन्थ्यो।

सबैलाई थाहै छ- भुँडी स्वयं परमेश्वरी भएकोले प्रत्येक प्राणीमा उनको अंश नभएको हुँदैन। अर्को शब्दमा प्रत्येक व्यक्ति भुँडीको एक अवतार हो। ऊसित सानो होस् या ठूलो होस् एउटा भुँडी हुन्छ। त्यसैले मान्छे उखान गर्छन्- जहाँ जान लागे पनि भुँडी सँगसँगै जान्छ। नभन्दै गोसाईंथान जाने यात्रु हुन् वा अन्तरिक्षका यात्रु हन्, सबैले सबभन्दा पहिले भुँडी जोहो गर्नै पर्छ। कोही राष्ट्रसङ्घीय काममा लागेको होस् वा कोही मल सोहोर्न लागेको होस् मुख्यत: सबैलाई भुँडीपूजाले नै प्रेरित गरिरहेको हुन्छ। गधाझैं लादिन परोस् वा गाईझैं दुहिन परोस्, कुकुरझैं दैलैदैलो ढुक्नुपरोस् वा लाटोकोसेरोझैं रातभरि जाग्राम बस्नुपरोस्, येनकेन प्रकारेण भुँडीपूजा गर्न सकिएन भने घरबार सब पुरपार पारी कि रानीपोखरी ताक्नुपर्छ कि डाँडो काट्नुपर्छ। आखिर सत्य कुरो यही हो- ‘येनकेन प्रकारेण उदरं परिपूरयेत।’ सबैले थाहा पाएकै छन्- यही भुडीपूजाको लागि हाम्रा कैयन पुर्खाले परचक्रीको दैलो कुरे। हुक्काको नलीदेखि बन्दुकको नालीसम्म बोके। अझै कैयौं बुढिया र दुलही नानीहरु भुँडीको पूजासामा खोज्न निस्केका आफ्ना छोरा र दुलाहाहरुको प्रतीक्षामा आँखा तान्दै छन्।

त्यसैले त भनेको, प्रत्येक प्राणीमा भुँडीदेवताको अंश हुन्छ। अर्को शब्दमा प्रत्येक भुँडी मिलेर देश वा समाजको विशाल भुँडी बन्छ र विशाल-विशाल पनि जुट्दा भुँडीको विराट् रूप बोध हुन्छ। उस्तै र उत्रै भए पनि प्रत्येक भुँडीको बेग्लै आयतन हुन्छ र नैवेद्य ग्रहणका तरिकाहगरु विभिन्न किसिमका हुन्छन्।

यस दृष्टिले हेर्ने हो भने भुँडीलाई मुख्यत: चार भागमा वर्गीकरण गर्न सकिन्छ।

तिनमध्ये पहिला छ- हाँडीघोप्टे भुँडी। सकेसम्म अरु साराको बाग आफ्नै भुँडीभित्र घोप्ट्याएर दुनियाँमा भुँडीवादको सिद्वान्त लागू गर्न हाँडीघोप्टे भुँडी सधैं हाँडीजस्तै मुख बाइरहेको हुन्छ। कर्म न कुकर्म, सर्म न बेसर्म, धर्म न अधर्म, कुनै कुराको छ्यानविचार नगर्ने हुनाले नैवेद्यका ठूलाठूला स्रोतहरु हाँडीघोप्टे भुँडीकै सामु घोप्टिन पुगेका छन्।दोस्रो छ- घ्याम्पे भुँडी। जो हाँडीघोप्टे भुँडीभन्दा अलि सानो भए पनि स्वभावमा भने प्राय: उस्तैउस्तै हुन्छ। तेस्रो हो- टाकनटुकन भुँडी। जसलाई नैवेद्य जुटाउन सत्रतिर दाह्रा ङिच्च्याई टाकनटुकन नगरी हुँदैन। यिनको अतिरिक्त अर्को छ- ठन्डाराम भुँडी जो प्राय: खोक्रै रहन्छ। हाँडीघोप्टे र घ्याम्पे भुँडीले खँगारेका यी ठन्डाराम भुँडीहरु यहाँमात्र हैइन, पृथ्वीको भुँडीभरि ‘ठाउँ न ठहर, धोको न रहर’ भै भकुन्डिरहेका छन्। कति वानरको फौजझैं धपाइन्छन् भने कति भेडाको भाउमा खरिदिन्छन् पनि। भुँडीको नैवेद्यको लोभले भुँडीवालका जुनसुकै सर्तमाथि नाकको टुप्पामा कालो दलेर ल्याप्चे सही गर्नुपर्दा कति टाकनटुकन भुँडीहरुले हाँडीघोप्टे भुँडीझैं हाउडे भुँडीमा पस्नुपरेथ्यो। यी कथाहरु सम्झेर सम्झिनसक्ना छन्। एसिया, अफ्रिकाका कैयौं टाकनटुकन भुँडीहरुले अझै पश्चिम फर्केर ‘भवतिभवति गहुँ मे देहि’ भनी प्रार्थना गर्न छुटेको छैन।

सबलाई थाहा छ- बीसौं शताब्दीको विराट् भुँडीले सुरसाको मुख बनाएको छ। मान्छे हनुमानझैं आकाशपाताल चहारेर कति नै ठूलो आङ फुलाओस् भुँडीको बढ्दो आयतनको अनुपातमा उसको शक्तिसामर्थ्य हात्तीको मुखमा जीरा हुन्छ। कसलाई थाहा छैन र? भुँडीको लागि समुद्र तरेका भारतीयहरु भुँडीकै भाग नपुगी लङ्काबाट लर्काइँदै छन् भने भुँडीकै पिरलोले जुगजुगदेखि ‘ब्रह्माको मुलुक’ पसेका नेपालीहरु भूँडीकै समस्याले बर्माबाट फर्काइँदै छन्।

भुँडीपूजाका लागि मान्छेले के सोच्यो के सोचेन, के गर्यो के गरेन, बयान गरी साध्य छैन। सुरुमा काँचो तरुल र भ्याकुरले भुँडीपूजा गर्ने मान्छेले आज पृथ्वीको कुनै छेउलाई बाँझो रहन नदिई हलो चलाई नैवेद्य फलायो। तर एकले अर्कोको अस्तित्व आवश्यक नठान्दा भुँडीभुँडी भकुराभकुर गर्न थाले। बलियो भुँडी घ्याम्पे भए, घ्याम्पाघ्याम्पा जुधे, कोही हाँडीघोप्टे हुन पुगे त धेरैजसो ठन्डाराम भुँडी भै भकुन्डिए। आखिर अरबौं ठन्डाराम भुँडीहरुले रुन्चे स्वरमा चिच्च्याउनुपर्यो। भुँडीपूजा हुन्छ भने सबैको हुनुपर्छ। फलस्वरुप मार्क्सले भुँडीपूजाको समान पद्धति सोचे, भुँडीवालहरुले उनलाई उडाए, तर आखिर कतिपय देशमा ठन्डाराम भुँडीहरुको ध्यान त्यता नगई छोडेन।यसैयसै गरी करोडौं ठन्डाराम हाँडीहरुले भारतमा सर्वोदयको सपना देखे भने लाखौं ठन्डाराम हाँडिहरुको उचित पूजाको लागि नेपालले भूमि-सुधारको योजना लागू गर्न परिरहेछ। तैपनि हाँडीघोप्टे र घ्याम्पे हाँडीहरु ङ्यारङ्यार्-ङरङर गरी भर्सेलीबाट भाग्नुपरेका बिरालाझैं नाक बजाउँदै छन्। तर नैवेद्यको जोरजामका लागि कसिएका ९५ प्रतिशत भुँडीहरुको माझमा निहुँ खोज्न लागे भने उनीहरुको जुगानुजगदेखि टन्किएको भुँडीले मादल र दमाहाझैं बज्नुपर्ने कुरा स्वत: सिद्ध भइसकेको छ। कुराको जरो यही हो।

मैले यो भुँडीपुराण पनि भुँडीदेवीकै उपासनाको लागि लेखेको हुँ। जुन दिन भूमिसुधारको महामेला सकिएर खोजेजस्तै गरी सबैले भुँडीपूजाको सौभाग्य पाउलान्, त्यसै दिन व्यास बाजेका अठार पुराणमा उन्नाइसौं महापुराणको रुपमा मेरो भुँडीपुराण कसो नजोडिएला त?

एक त आफ्नो जातै वीर, दोस्रो वीरबाहादुरको झनाति, तेस्रो नामै मेरो वीरबल  पाँडे – अब म कत्रो वीर हुँला भन्नै पर्दैन ! त्यसमाथि पनि नेपालको नाइटैबाट जन्मेको कान्तिपुरेकाजी भनेपछि त कुरै खलास । त्यसैले त, वीरधाराको कलकल जल वीरगन्जे ताप्केमा उमालेर सुर्क्याइदिएपछि कहिलेकाहीँ भोजन र सोजन, मेरो भोक त स्वयं भकुरिएर भागिहाल्छ । आखिर भुँडी भर्नुसम्मै त हो, बल र तागत भन्ने वस्तु त बाबुबाजेको नामैदेखि टाँसिएर आएको छँदै छ नि ! 

कत्राकत्रा युद्दमहायुद्दमा वीरता देखाउन सक्नेको सन्तानएक बटुको खोले पियोस् वा हाफ प्लेट छोलेको भरमा जिओस्यति मामुली कुरामा केको खोजीनिती ? अझै मेरो वीरतामाथि विश्वास छैन भने हेर्न आउनुहोलाबाजेले बर्माको लडाइँमा वीरगति प्राप्त गरी कमाएको वीरचक्र अहिलेसम्म चूलोमाथिको दलिनमा घुसारेको छँदै छ ।

त्यसैले त होरोग लागेको बेलामा पनि सौभाग्य मिले वीर अस्पतालै पुग्न पाइन्छ जहाँ औषधिले रङ्गाएको उही वीरधाराको निर्मल जल कैयौँ वीरहरुले प्रत्यक दिन सितैमा सुर्क्याउन पाउँछन्जसमध्ये म पनि एक हुँ । तर मेरा कुनैकुनै साथी यस्ता निर्दोष छन्वीरको अस्पताल पुग्न छाडेर रोगाएको एक महिना नहुँदै डाक्टर-पूजा गर्न थाल्छन् । यो कुरा मलाई पटक्कै मन पर्दैन र म भन्छु- नामर्दको ओखती पो नमर्दै हुन्छ त,मर्दको ओखती मर्दा भोलिपल्टसम्म गरे हुन्छ बाबै! कतिपय साहित्यकार,कलाकार आदिले समेत अबलम्बन् गरेको यो सिद्दान्त आफूले छाड्ने कसरी?आखिर बेकार भए पनि म एउटा कार हुँ,लुरे भए पनि वीर जातिको आकार हुँ ।

आजको आर्थिक युगमाआर्थिकै दृष्टिले हेर्ने हो भने पनि मेरो सिद्दान्त रामबाण जस्तो छ । मर्दको दसोटी हुँन्छन्’ भन्ने हाम्रो लौकिक आदर्शमुताबिक एउटा भालेलाई दसोटीसम्म पोथि गुटमुटयाउने  लाइसेन्स समाजले दिएकै छ । यो विख्यात मर्दताको फलस्वरुप चूहलैपिच्छे खोलिएका पुत्रपुत्री प्रोडक्सन बहुपत्नी लिमिटेड’ का शाखाहरुबाट धडाधड उत्पादन हुने साराका साराले भोक लाग्नेबित्तिकै खान र रोग लाग्नेबित्तिकै उपचार गराउन थाले भने भोलिदेखि आकाशतिर फर्केर फूलौरा बर्सलान् कि भनि आँऽऽ मुख बाउन नपर्ला भन्ने के ग्यारेनटीवीर भएकोले इलमउधोगको पीर गर्नापट्टि लागिएन तकि दाउरे बन,कि लाहुरे बनकै जम्बामर्दी संस्कारमा हुर्कियो अहिलेसम्म! अनि भन्नोस् मैले झैँ रोग,भोकलाई स्वातन्त्र्य नदिने हो भने आखिर पोखरा-भर्ती केन्द्रजस्तै लमजुङ-भर्ती केन्द्रसमेत खोल्नुपर्‍यो भने ! 

लौ, म कुरो गर्न लागेको त सोझै होतर अतिथि इन्जिनियरहरुले बनाइदिएको बाटाघाटाको नक्साझैँ दसतिर टेढिएर लम्किन गएकोमा माफ राख्नुहोला । मुख्य कुरो के भनेयत्रो वीर भएर पनि अहिलेसम्म गोडामा एक जोर लाहुरे जुर्राफ पर्न सकेको छैन । हुन त नामको लागि एउटा काम गर्नुभन्दा नामको लागि सत्रोटालाई सलाम गर्नु आजको सभ्यता हो,तर एक बारको चोलामा झोला बोकेर लाहुरै नगई के मर्नु जस्तो लागेर आयो । तन्नेरीमा लाहुर नपस्ने र बुढयाइँमा काशी नबस्ने नेपाली गति पर्दैन भन्छन् । हुन पनि वीरको छाउरो भएपछि फ्याउरोझैँ के आफ्नै घरका लुते धन्धामा लाग्नु त ।

, कुरो त फेरि मन्त्रीज्यूको भाषणझैँ उही पो दोहोरियो । आखिर जति भूमिका भट्टयाए पनि म जान लागेको थिएँ लाहुरत्यसैले इस्टकोटको टाँक लगाएर खुकुरीवाल टोपी छड्के पारेँअलिअलि सामलतुमलको झोला भिरेँहिँडे । तपाईलाई के ढाँटौँ कुरा ! जति ढाँट्ने साहूलाई नै ढाँटी गोजीमा जमाएको थिएँ- गोडा सोरेक रुपियाँ । त्यहि पनि साट्सुट गर्दा ठयाम्मै भयो दसको नोट । पैसा मात्रै भनेर हुन्छदेशी पैसाहामीकहाँबाट मसिना चामल झिकाउने पैसा, हाम्रो पैसा उताबाट उसिना चामल बेसाउने पैसा ?जे होस्आफूलाई चाहिएको थियो नयाँ ठाउँमा जान नयाँ पैसा । आखिर पुग्नुसम्मलाई त होलाहुर पुग्नेबितिकै त वीर नेपाली आएको भनेपछि नोटको माला लिएर स्वागत गरिहाल्छन् । त्यसैले आनेकाने कुरा नहेरी कालधाराबाट म लुसुक्क निस्केर पुगिहालेँ सुनधारा । 

ओहो! वीरबलबाबू कता नि ?” बसमा उक्लनेबित्तिकै सुनियो एउटा बूढी-स्वर । यसो हेर्छु त आफ्नै भक्तिनी बज्यै । दुई तिनोटी तरुनीको माझमा बसेर रामनामी टाउकोमा राखेर रुद्रा घुमाइरहेकी । म त लाहुरतिरआमै कता नि ?” 

मैले सोधि नसक्तै बूढी थोते मुख नचाउँदै भन्न थालिन्- कहाँ हुन्थ्योउनै विश्वनाथ बाबाको पाउमा त हो नि यी नानिहरुले पनि कहा साहै सास्ती पाएछन्, सबै अनाथको बाबा विश्वनाथ भनेर उतै लिएर हिँडेकी । एउटीलाई सासूले नसहेर छुट्टी,  अर्कीको पोइ लाहुर... ।” बूढी परी लाउँदै थिइन्,  बीचैबाट अर्का एउटा भलादमीले प्वाक्क भन्यो- कूरो राम्रोविश्वनाथ बाबालाई सधैँ भेटी मात्र कति चढाउनु तकहिलेकाहीँ केटी पनि चढाइदिनै पर्छ । यसबाट एकतिर चेलिबेटीको उद्दार हुन्छअर्कोतिर आफ्नो दालरोटीको समस्यै टर्छ ।” भलादमीले यो कस्तो कुरा गरेका हुन्म त लक्क न बक्क भै जिल्लिँदै थिएँबूढी आमै भने जिस्क्याइएको जँडयाहाझैँ पाखूरा खैँचेर सराप्न थालिन्- तीर्थ जान लागेका मेरा छोरीबेटीसँग आँखा जुधाउने तँ लुठलाई पख्लास् !” वास्तवमा त्यो बिचरो भलादमीले आँखा जुधाएकै थिएन है,  नभएको कुरा भन्नु पाप लाग्छ,तर बूढी किनकिन त्यसै रन्किन् र मसित भन्न थालिन्- हेर्नोस् न बाबू,  के मैले यी केटीहरुलाई भागीरथीमा बगाइदिउँला त ?” भलादमीले भने – “भागीरथीमा बगाए त केही थिएनमाझीले उतार्थ्योतर चचार पाथि चनामा मोलाउली भन्ने पो डर त ।” यो औडेखौडे कुरा के होमैले भने आधुनिक साहित्यजस्तै सबै बुझेर पनि केहि बुझ्न सकिनँ ।
असार-साउनको माटोबाइरोडको बाटो ।’ ड्राइभर रमले रन्नट्रक यात्रुले टन्न । अब चाहियो के र एकछिन त थचाराथचार धक्कमधक्काले निकै स्वाद चखाएको थियोतर जतिजति ट्रक उँभोउँभो लाग्दै गयोउतिउति आफ्नो हंस भने उँधोउँधो हुँदै गयो । तैपनि वीरको यात्रा वीरताकै माफिक हुन्छ भन्दै बूढीका चेलीबेटीलाई म आश्वासन दिँदै थिएँ- तीर्थ जानेलाई केको डर बाँचे वाराणसीमरे अमरावती । तरनढाँटीकन भनूँ भने आफूलाई चाहिँ सन्देहै थियो । बाँचे त म लाहुर पुग्छुपुग्छु मरे कहाँ पुग्छुस्वर्ग कि नरक स्वर्गै पुग्न त अमरावती इन्स्योरेन्सन कम्पनीका एजेन्ट-बाजेहरुलाई खीर खुवाएकै छैन । जे होस्, वीरजातिको सन्तान भएकोले बाबुबाजेले कमाइदिएको नामकै भरमा चित्रगुप्तले कमसेकम सेकेन्ड क्लास सिट त कसो नदेलान् ! 

म आफ्नै सोचाइमा एकसुर थिँएपछाडिबाट कोट्टयाउँदै एक जना साहूजीले भने... तपाईं लाहुर जाने भए त्यतातिर रायोको सागको माग विचार गर्नुहोला है ! नभए एजेन्ट बनेर प्रचार गरे कमिसन पनि दिउँला । मेरो व्यापार चानचुने छैन बुझ्नुभोयसपालि मात्रै पाँच हजारको साग निकासी भयो ।” आफ्नो मूल राष्ट्रिय तरकारी पनि विदेश निकासी गर्ने साहुको कुरा सुन्दा मरो भने सार्है चित्त दुख्यो र भनिहाले – “बिहानबेलुका अरु थोक केही नपाए पनि डुकुको झोलसित ढिँडो पुकुपुकु निल्न सकिन्थ्योत्यही डुकु पनि निकासी गरिदिएपछि त तरकारी मात्रै होइनभोलिदेखि तिहुनकै समस्या त पर्दैन ?” साहूले बीचमै कुरा काट्तै भने- तिहुनको समस्या झन् टर्छ । गहिरिएर हेर्नोस् तयताबाट सागका मुठा पठायोउताबाट सब्जीको डिब्बा झिकायो । मीठोको ठाउँमा मीठोछिटोको ठाउँमा छिटोकुरा बुझ्नुभएन यस्तै हुन्छ चतुरहरुको व्यापार !” साहूको कुरा मलाई मनासिबै लाग्यो । आजको जमानामा पनि उहाँको झिलिमिली रेडिमेडसब्जी’ खान छाडेर टुकुचामा पखालेको डुकुचा को केलाइरहोस् । सरकारी काममा होस् कि तरकारी खानमा होस्सबैतिर छिटोछरितोपनको आवश्यकता छ आजआधुनिक सभ्यता भनेकै यही न हो ! 

साहूजीसित कुरा गर्दागर्दै आफू त सातघुम्तीमा हाराबारा तोरी गर्दै घुम्न पुगिसकिएछ । भक्तिनी बुढिया रामराम भन्दै थिइन्तर ड्राइभर हराम परेकोले ट्रक झन्झन् वेगसित घुम्न थाल्यो । घच्चाघच्ची गर्दागर्दै लागेछ क्यार चौधरीज्यूलाई ! कालोकालो अनुहारलाई रिसले झन् कालो पार्दै झपारिहाले- पहाडिया लोग मूर्ख होते हैं । सडक बनवा दी है हम लोगों ने,घच्चा देते हैं हमें ही । जरा सन्मान के कायदे सीखो ।” आफूले त पक्की भाषा जानेको भए पो बुझ्नु ! पक्की बात गर्न पनि कि लाहुर हुनुपर्छ कि जोगी हुनुपर्छ यहाँ । तैपनि शिष्टतापूर्वक चौधरीज्युलाई भनेँ- बाटोमा कहिलेकाहीँ घच्चा लाग्छ हजुर ! नरिसाउनोस् ।” चितुवाका जस्ता आँखा एक पटक तरेर उनकी श्रीमतिले भनिन्- आइन्दा ऐसा मत करनाकहाँ जा रहे हो हमारे यहाँ नौकर बैठेगा ?” यो कुराले भने मलाई यस्तरी रनक छुटायो कि फट्कारेर भनिदिएँ- म त लाहुर पस्न लागेको पो त,तिमीकहाँ नोकर बस्छु ?” “बैठोगे तो तुम्हें हम दरबान भी बना देंगे” भनी चौधरनी भाउजू आँखा नचाउँदै थिइन्म फरक्क फर्केर पुगेँ अर्कै छेउमा । 

प्राणवायु अपानवायु दुवै समान भएकाले ट्रकभित्र सास फेर्न पनि मुस्किल परिरहेको थियो । घुइँचोले कुन कसको सीट हो,कोको कहाँनिर छन् पत्तै भएनमानौँ संसार-सागर त्यहीँ थियो । त्यसैले मलाई लागिरहेको थियो- लाहुरबाट फर्किंदा त म यो भद्रगोलमा के बस्थेँत्यति बेला आफूसित रुपियाँको ब्याग हुन्छ, स्वास्नीलाई ल्याइदिएका लुगागहना हुन्छन्- केके हुन्छन् केके ! सम्झेर के साध्य ! देश भनेको देशै होधन हुने बाबूसाहेबहरुको राख्न जाने ठाँउ पनि उहीँनहुनेहरुको कमाउन जाने ठाँउ पनि उहीँ । दाजुभाइसित झगडा परे झिटीझाम्टा जिम्मा दिने पनि उतै,बाबुआमाले गाली गरे पाखुरा खैँचन पाइने पनि उतैबाट । कस्तो विचित्र ठाउँ होला त त्यो ! 

मैले गम्दागम्दै ट्रक त पुगिसकेछ रक्सोल । उत्रनेबित्तिकै विभिन्न थरी उर्दीपोसाक लाएकाहरुले बाबूजीइधरउधर” भन्दै मलाई छोपिहाले । वीर नेपाली भनेपछि स्वागतार्थी पनि कतिकति आएका ए ! मैले नेप्टै  पनि आफ्नो नाक फर्सीजस्तो पारी फुलाएँ । तर फसादचाहिँ के पर्‍यो भने सबैले तानेपछि जाने कतातिर ससुराली भिन्न भएको साल सोह्रासरादको श्राद्धमा गएको जुवाइँलाई जस्तो अप्ठयारो पर्‍यो आफूलाई त । क्याहो ए वीरबल भान्जा ! तिमी पनि यहाँ ?” त्यहीँ नजिकबाट आफ्ना मामाको स्वरले मलाई झसङ्ग पारिदियो । ओहोमामा तिमी पनि यहाँ ?”मामालाई झम्टँदै मैले पनि सोधिहालेँ- उता लाहुर गएको भन्थे- यहीँ हो कि क्या हो लाहुर ?” मलाई आफूले तानिरहेको रिक्सामा बस्ने अनुरोध गर्दै मामाले भने- तिमी अलि सोझा छौ भान्जा ! नेपालीको निम्ति डाँडो काटयो कि लाहुर ! तिमी कता नि ?” मैले चकित भावमा जबाफ दिएँ- म पनि लाहुरतिर लागेको !” “लाहुर त लाहुरतिमी साँच्चीकै लाहुर पुग्न आँटेछौ, पोकोपन्तरो खोइ ?” यताउति हेरेर झपार्दै मामाले भने । नभन्दै पोकोपन्तरो त अर्कै स्वागतार्थीले अघि नै लगिसकेछ- अब कहाँ कसलाई समाउन जाने त लौ ! 

फ्याकिदेऊ त्यो टोपीसोपीयता टोपीको दर्शन पाएपछि पोको मात्रै होइन पोकोवालालाई बोकोझैँ घिच्च्याएर बेचिदिन बेर छैन बाबै !” मामाको यो व्याख्यान मैले केही पनि बुझिनँ  । तैपनि टोपी फुकालेर रिक्सामा बसेँ । मामा सोध्दै गए- अब के गर्छौ त रिक्सै चलाउँछौ भनेमामाभानिजको कामकुरो मिलिहाल्यो । होइनम त नोकरी नै गर्छु भन्छै भने कुनै होटेलमा बेरा खाली छ कि बुझ्नुपर्ला । मामाको यस प्रश्नले मलाई छक्क पार्‍यो र सोधेँ- के साँच्चै लाहुर यही हो मामा ?” मामाले मुस्कुराउँदै जबाफ दिए- भनिहालेँ निहाम्रो निम्ति डाँडो काटयो कि सबतिर लाहुर  । रक्सोलमा रिक्सा चलाऊ वा दरभङ्गामा दरबानी गर, मलायामा बुट ठोक कि मणिकर्णिकामा मुर्दा बोकघर गएपछि कमसेकम पाइजामा नफाटुन्जेल तिमी लाहुरे भइहाल्छौ ।” मामाका यी मार्मिक कुराले म त छानाबाट खसेजस्तै भइहालेँनिधारमा चिटचिट पसिना आयोनाक-मुख खङ्ग्रङ्ग सुकेर रिक्सैमा घोप्टो परौँला भन्ने डर लाग्न थाल्यो । के यही हो त लाहुर- हजारौँ नेपालीले आउने गरेको लाहुर वीरजातिले पुरुषार्थ देखाउने लाहुर ?” मैले अतासिँदै सोधेँ आफ्ना लाहुरे मामासँग । मामाले च्याँठिएर जबाफ दिए- के तिम्रो हाम्रो वीरता खलङ्गामा लड्ने नेपालीको वीरता हो रत्यसो भए त तिमीलाई देशको माया हुन्थ्योउतै घोट्टिन्थ्यौउतै बाँच्थ्यौ । तर तिम्रो वीरतात्यो गुर्खा’ को वीरताजसले देशमा एउटा काम गर्नुभन्दा विदेशमा सत्रोटालाई सलाम गर्नुलाई पुरुषार्थ ठान्योआफ्नो पसिना दिनुभन्दा अरुको निम्ति रगत दिन जान्यो । तिमी त्यो कँवरकुलको कमानमा दीक्षित नेपाली जसले तन्नेरीको तनतरुनीको मन सबको दरभाउ बसायोधन कमायोकैयौँ ब्याङ्क जमायो । कुरो बुझ्यौ?”तर सत्यसत्य मैले कुरो बुझिनँ । मैले मामाको कुरा बुझिनँ । तर मनको भित्री भागमा चाहिँ के लाग्यो भने-घरबाट ल्यएको पोकोपन्तरो मात्रै नहराएको भए पनि म ठाडै खुट्टाले फर्कन्थेँ घर । तरअब परियो यता आफू अलपत्रजहान उता अलपत्रजो भएको झिटीझाम्टा पर्न गयो साहूको सत्र ! जे होस्हामी वीरको साथै उदार पनि त हौँदुइ-चार जना हामीजस्ता स्वदेशीहरु हराएर के भोकैयौँ देशी’ हरु नक्कली मयूरझैँ भित्रिँदै पनि त छन् के नि ! तर जति सम्झाए पनि मनचाहिँ बिग्य्रोबिग्य्रोलाहुर बस्नै मानेन र फर्केँ घरैतिर । त्यसैलेहेर्नोस्कहाँ लाहुरे बन्न गएको मान्छे अहिलेसम्म दाउरे बनेर झ्याउरे गाउँदै छु ।

Wednesday, October 2, 2013

(१)एक् दिन् नारद सत्यलोक् पुगि गया, लोक्को गरूँ हित् भनी ।
ब्रह्मा ताहिं थिया प¥या चरणमा, खुशी गराया पनी ।।
क्या सोध्छौ तिमि सोध भन्छु म भनी, मर्जी भएथ्यो जसै ।
ब्रह्माको करुणा बुझेर ऋषिले, बिन्ती ग¥या यो तसै ।।

(२)हे ब्रह्मन् ! जति हुन् शुभाशुभ सबै, सूनी रह्याँछू कछू ।
बाँकी छैन तथापि सुन्न अहिले, इच्छा म यो गर्दछू ।।
आऊला जब यो कली बखतमा, प्राणी दुराचार् भई ।
ग¥र्या छन् सब पाप् अनेक् तरहका, निच्का मतीमा गई ।।

(३)साँचो बात गरैन कोहि अरुकै, गर्नन् त निन्दा पनी ।
अर्काको धन खानलाई अभिलाष्, गर्नन् असल् हो भनी ।।
कोही जन् त परस्रिमा रत हुनन्, कोही त हिंसा महाँ ।
देहैलाई त आत्मा जानि रहनन्, नास्तिक् पशूभैmँ तहाँ ।।

(४)काम्का चाकर भैmँ भएर रहनन्, स्त्रीलाई द्यौता सरी ।
मान्नन् पितृ र मातुलाई बुझि खुब्, शत्रू सरीका गरी ।।
ब्राह्मण् भै कन वेद बेचि रहनन्, कोही पढुन् ता पनी ।
धन् ठूलो छ पनि भन्या सहज धन्, आर्जन् गरौंला भनी ।।

(५)
जाती धर्म रह्वैन क्षत्रिहरुमा, जो छन् इ नीचाहरु ।
शूद्रादी त तपस्वि होइ रहनन्, ब्राह्मण् सरीका बरु ।।
स्त्री घेर् भ्रष्ट हुनन् पती र ससुरा–, को द्रोह ठूलो गरी ।
यस्ता नष्ट कसोरि मुक्त ति हुनन्, संसार–सागर् तरी ।।

(६)

यो चिन्ता मनमा भयो र अहिले, सोधूँ उपायै भनी ।
आयाको छु दयानिधान ! कसरी, तर्नन् सहज् ई पनी ।।
यस्तालाई उपाय तर्न सजिलो, कुन् हो ऊ आज्ञा गरी ।
मेरो चित्त बुझाइ बक्सनुहवस्, क्याले इ जान्छन् तरी ।।

(७)
नारद्ले दुनियाँ उपर् गरि दया, बिन्ती ग¥या यो जसै ।
ब्राह्माजी पनि खुब् प्रसन्न हुनुभो, मर्जी भयो यो तसै ।।
हे नारद् ! सब पाप हर्नकन ता, रामायणैले सरी ।
आर्को मुख्य उपाय छैन सबको, हित् यै छ अमृत् सरी ।।

(८)
शम्भूदेखि सुनेर तत्व सब यो, गान् पार्वती गर्दछिन् ।
राम्को नाम अपार जानि बहुतै, आनन्दमा पर्दछिन् ।।
जस्ले गान्कन गर्दछन् ति त सहज्, संसार पार् तर्दछन् ।
कालैको पनि ताप् हुँदैन भय सब्, तिन्का सहज् टर्दछन् ।।

(९)
यो सब् शास्त्रविषे बडो छ रघुनाथ–, को रुप् जनाई दिन्या ।
जो छन् सब् इ पुराण्हरु इ सबमा, यै मुख्य जानी लिन्या ।।
गर्छन् कीर्तन सुन्दछन् पनि भन्या, यो पाउँछन् फल् भनी ।
तिन्को पुण्य बखान गर्न त सबै, सक्तीनँ मैले पनी ।।
(१०)
सुन्याथ्याँ शिवदेखि यस्क महिमा, एक् श्लोक् पढुन् ता पनी ।
भक्तीले यदि यो पढ्यो पनि भन्या, पाप् छुट्तछन् सब् भनी ।।
जो एक् चित्त गरेर पाठ खुशि भै, गर्छन् सदा यै भन्या ।
जीवन्–मुक्त तिनै त हुन् नर भई, ईश्वर् सरीका बन्या ।।
(११)
पूजा पुस्तकको ग¥या पनि फल्, एक् अश्वमेघ्का सरी ।
पाउँछन् सुनियो कहीं पनि भन्या, पाप् छुट्तछन् तेस् घरी ।।
जो ता पुस्तकका नजिक् गइ नमस्–, कारै फगत् गर्दछन् ।
तेस्ता जन् सब देवता पुजि हुन्या, फल्–भोगमा पर्दछन् ।।
(१२)
चारै वेद पढेर शास्त्रहरुको, व्याख्यान गर्दा पनी ।
पाईंदैन उ फल् त पाउँछ सहज्, पुस्तक् दिनाले पनी ।।
भक्तीले कहिं भक्तका घर गई, एकादशीमा कह्या ।
चौबिस् पल्ट पुरश्चरण् गरि हुन्या, गायत्रिका फल् भया ।।
(१३)
जस्ले राम्नवमी उपासि खुशिले, जाग्रन् समेतै गरी ।
यो रामायण पाठ् गरोस् कि त सुनोस्, तन्मन् यसैमा धरी ।।
तेस्ले तीर्थ पिछे तुला–पुरुष दान्, सूर्यै ग्रहण्मा ग¥यो ।
येस्मा संशय छैन जान्नु सबले, आनन्दमा त्यो प¥यो ।
(१४)
रामायण् कन गाउन्या पुरुषको, आज्ञा त इन्द्र पनी ।
मान्छन् श्रीरघुनाथका प्रिय इ हुन्, मान्या इनै हुन् भनी ।।
रोज्–रोज् यस्कन पाठ् गरेर जनले, सत्कर्म गर्छन् जती ।
कोटी गुण् फल बढ्ति मिल्छ सबको, घट्तैन तिन्का रती ।।
(१५)
यस्मा राम् ह्दयै छ पाप् हरि लिन्या, क्वै ब्रह्म–घाती पनी ।
शुद्धात्मा बनिजान्छ तिन्दिन पढ्या, गर्नन् कृपा राम्–धनी ।।
रोज्–रोज् तीन पटक् अगाडि हुनुमान्, राखेर पाठ् गर्छ जो ।
जस्तो भोग्कन गर्न खोज्दछ उ भोग्, सम्पूर्ण पाऊँछ सो ।।
(१६)
जो यो पाठ् तुलसी पिपल् वरिपरि, गर्छन् प्रदक्षिण् गरी ।
तिन्का पाप् सब जन्मका जति त छन्, छुट्छन् ति तेसै घरी ।।
तेस्मा रामगीता छ झन् अति ठुलो, जस्को महात्मै पनि ।
सब् जान्न्या शिव मात्र छन् अरु त क्वै, जान्दैन यस्तो भनी ।।
(१७)
आधा पार्वति जान्दछिन् म त सबै, चौथाइ पो जान्दछू ।
गीता पाठ गरेर नाश न हुन्या, पाप् छैन यो मान्दछू ।।
राम्ले वेद मथन् गरी कन झिक्या, गीता र अमृत् सरी ।
लक्ष्मण्लाई दिया यही पढि लिया, जाइन्छ संसार् तरी ।।
(१८)
मार्छू निश्चय कार्तवीर्य भनि खुब्, ठूलो इरादा गरी ।
पढ्थ्या श्री शिवथ्यै गई परशुराम्, दिन्–दिन् चरण्मा परी ।।
पढ्थिन् पार्वति राम्गिता तहिं सुनी, पाठ् गर्न लागी गया ।
राम्गीता तहिं देखि पाठ् गरिलिया, नारायणै ती भया ।।
(१९)
मैह्ना दिन् यहि राम्गिता पढि लिया, सब् ब्रह्म–हत्या हरु ।
छुट्छन् ता अरु छुट्तछन् सकल पाप्, भन्न्या बखान् क्या गरुँ ।।
शालिग्राम् तुलसी पिपल् कि त बडा, संन्यासि थ्यैं जो गई ।
राम्–गीता कन् पाठ् ग¥यो पनि भन्या, ठूलो महात्मा भई ।।
(२०)
जुन्फल् छन् मुखले भनी न सकिन्या, सो फल् ति भोग् गर्दछन् ।
कोही श्राद्ध विषे पढुन् त तिनका, पितृ सबै तर्दछन् ।।
पैह्ले खूब नियम् गरी दशमिमा, एकादशीमा पनी ।
आसन् बाँधि अगस्ति वृक्षमनि पाठ्, गर्छू म गीता भनी ।।
(२१)
राम्–गीता उपवास् गरीकन बहुत्, आदर् गरी पढ्छ जो ।
तेस्लाई त न भन्नु मानिस भनी, रामै सरीको छ त्यो ।।
दान ध्यान् तीर्थ कदापि केहि नगरी, यै राम–गीता पढी ।
बस्छन् जो ति अनन्तका पदविमा, जान्छन् सहज् पार् तरी ।।
(२२)
धेरै बात गरेर हुन्छ अब क्या, रामायणै हो जबर् ।
पाप् हर्नाकन छैन् केहि बुझियो, येसै सरीको अबर् ।।
जो छन् तन्त्र पुराण् श्रुति स्मृति इता, सोह्रै कलामा पनी ।
पुग्दैनन् त बखान् कहाँ तक गरुँ, यो फेरि ठूलो भनी ।।
(२३)
जो रामायणको महात्म्य विधिले, नारद्जिलाई कह्या ।
जुन् सूनी कन चित्तले बुझि लिंदा, नारद् पनी खुश् भया ।।
पाठ् गर्छन् कि त सुन्दछन् यदि भने, यो येति सुन्दा पनी ।
जान्छन् सब् उहि विष्णुकापुरि महाँ, खुब् पूज्य सब्का बनी ।।
(२४)
कैलाश्मा भगवान् सदाशिव थिया, ध्यान्मा बहुत् मन् दिई ।
बाम् काख्मा बहुतै पियारि हितकी, श्री पार्वतीजी लिई ।।
एक् दिन् पार्वतिले तहाँ शिवजिथ्यैं, सोधिन् चरण्मा परी ।
आपूm ता सब जान्दथिन् तर दया, सम्पूर्ण लोक्मा गरी ।।
(२५)
हे नाथ् ! बिन्ति म गर्दछू हजुरमा, राम् कुन् जगत्का पती ।
राम् देखी अरु कोहि छैन जनका, संसार तन्र्या गती ।।
जस्मा भक्ति ग¥यो भन्या अति गम्भीर्, संसार सागर् महाँ ।
नौका भैंm तरि जान्छ झट्पट गरी, तेस् नर्को देहै तहाँ ।।
(२६)
यस्ता राम् कन लोकमा जनहरु, एक् ईश्वरै मान्दछन् ।
कोही तत्व नपाइ मूर्खहरु ता, मानिस् सरी जान्दछन् ।।
Design and Compelled by Engineer Kshitij Wagle | Blogger Theme by Horizon - Wagle | waglehorizon