Sunday, July 28, 2013

१} अचारमा पिरोको.... हिसाबमा जिरोको....
फिलिममा हिरोको विशेष महत्व हुन्छ |
२} चुनाबमा भोटको... नेतालाई कोटको...
व्यापारीलाई नोटको विशेष महत्व हुन्छ |
३} भाषणलाई तालिको.. युवतिलाई लालीको....
भेनालाई सालिको विशेष महत्व हुन्छ |
४} गधालाई भारीको.... आइमाईलाई सारीको...
मुसलमान दाह्रीको विशेष महत्व हुन्छ |
५} अफिसमा बेलको... गाडीमा तेलको...
खेलाडीलाई खेलको विशेष महत्व हुन्छ |
६} आँसुलाई हाँसोको... प्रेमलाई नासोको...
नासो लाई चासोको विशेष महत्व हुन्छ |
७} लेखलाई विधाको... जोगीलाई सिधाको..
अन्त्यलाई विदाको विशेष महत्व हुन्छ रे |

Friday, July 26, 2013

दाँत फुक्लेकोलाई कसार छ जिन्दगी ।
छत नहुलेलाई असार छ जिन्दगी ।
कतै मधुमेहलाई लालमोहन त,
कतै टन्सील माथि अचार छ जिन्दगी !!

@HORIZON
पिडा सबै मनभित्र बोकेको छु अचेल्
आँसु मेरो आँखाभित्र रोकेको छु अचेल्
बेसहारा जिन्दगीमा साथ दिने कोही छैन
मुक्तकमै पिरब्यथा पोखेको छु अचेल !

@HORIZON 

Thursday, July 25, 2013

-मुक्तक
संसारनै बिबिधतको बाज भएपछी
स्वार्थ र अहमताको गाज भएपछी
के गर्नु हो सोझासाझा मित्रहरु 
चाहलपहल्(CP)दिनेहारुकै राज भएपछी ।

@क्षितिज

Thursday, July 18, 2013

Mistake is a single page in a part of life. But relation is a book of dictionary. So don't lose a full book for a single page !!!!
Design and Compelled by Engineer Kshitij Wagle | Blogger Theme by Horizon - Wagle | waglehorizon