Thursday, October 3, 2013

व्यास बाजेले अठार पुराण लेखे, तर सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न भुसुक्कै बिर्सेछन्। वेदव्यासको युगमा बिर्सेको कुरो आज वेदनाशको युगमा तैंले कसरी सम्झिस्? भन्नुहोला, मलाई पनि हिजै मात्र आफ्नी बुढी आमाले झट्ट सम्झाइदिइन्। साथै यस पुराणको माहात्म्य पनि मैले उनैबाट दृष्टान्तसहित बुझ्ने मौका पाएकोले अरु पुराणको प्रारम्भमा ‘शारदायै नम:’ भनेजस्तै पुराणको सुरुमा म भन्दछु – बूढी आमायै नम:।


परलोकका निम्ति होइन, यसै लोकको निम्ति नसुनी नहुने र परोपकारको निमित्त होइन, आत्मोपकारको निमित्त नबुझी नहुने यो सर्वकालीन, सर्वदेशीय र सर्वधर्मीय पुराणको नाम हो – ‘भुँडीपुराण।’ भुँडी विश्वको सर्वोच्च देवी हुन्, जसलाई मान्छेले मात्र होइन, देवाधिमेव महादेवले पनि मान्नुपरेको थियो। हेरिल्याएको खण्डमा कृष्ण हुन् कि क्राइष्ट हुन्, बुद्द हुन् कि कन्फ्युसियस हुन् सबै देवात्माहरु भुँडीबाट मर्त्यलोकमा अवरोहण गरेका हुन्। महर्षि हु्न् कि मार्क्स हुन्, सन्त हुन् कि सार्त्र हुन्, सबै दार्शनिकहरु भुँडीमै निर्मित भएर देखा परेका हुन्। वाल्मीकि हुन् कि होमर हुन्, टाल्सटाय हुन् कि टैगोर हुन्, दाँते हुन् कि देवकोटा हुन्, सम हुन् कि शेक्सपियर हुन् प्रत्येक कविको जन्म भुँडीबाटै भएको हो। अलेक्जेन्डर हुन् कि चङ्गेज खाँ हुन्, लिङ्कन हुन् कि लेनिन हुन्, नेपोलियन् हुन् कि जङ्गबहादुर हुन्, बिस्मार्क हुन् कि पृथ्वीनारायण शाह हुन्; सबै नेताहरुको उद्गमस्थल भुँडी हो। त्यसैले भुँडी जीवनकी निर्मात्री र विश्वकी अधि्ठात्री हुन्, जसको पूजाआजा गर्नु प्राणीमात्रको प्रमुख कर्तव्य हो।

भुँडीको पूजाविधि देख्नलाई त्यति झन्झटिया छैन, किनभने हाम्रा अरु देवदेवीलाई जस्तो चन्दन, अबिर, फूल इत्यादिको भुँडीदेवीलाई जरुरत छैन। उनलाई त केवल जल र नैवेद्य भए पुग्छ। तर जल र नैवेद्यका प्रकार र मात्राहरुचाहिं विवेचना गर्न लाग्यो भने भुँडीपूजाजस्तो अप्ठ्यारो न भीमसेन पूजा हुन्छ, न भगवतीपूजा। जल मात्र कति थरी चाहिन्छन् कति थरी- चिसो, तातो, सेतो, रातो, चिल्लो, खल्लो, नुनिलो, गुलियो, अमिलो, धमिलो इत्यादि। अझ नैवेद्य त के कति र कस्तो भनी बयान गरेर साध्य छैन। त्यस कारण, यसबारे पूरा जान्ने इच्छा छ भने बरु कुनै नैवेद्यविशेषज्ञले लेखेको भुँडीपूजापद्धति पढ्नुहोला अथवा कुनै भुँडीवालकी बूढीसित सोध्नु भए पनि हुन्छ। यो पुराणमा त यति मात्र जनाइन्छ कि भुँडीदेवीलाई नैवेद्य चाहिन्छ। नैवेद्यको अभावमा वा कमीमा, नैवेद्यको हेलचक्र्याइँमा वा लापर्बाहीमा भुँडी रिसाइहाल्छिन्। शङ्कर रिसाउँदा संसार संहार हुन्छ भनी व्यास बाजे भन्थे भने शङ्करको पनि साख्खै आमा पर्ने महामाता भुँडी रिसाउँदा त के होला के नहोला, आफैं कल्पना गर्न सक्नुहुन्छ। विश्वामित्रजस्ता नैष्ठिकलाई कुकुरको मासु कोच्याएको कुरादेखि लिएर विश्वका कैयौं नेता र जेताको जुगमा क्रान्तिको आगो सल्काउँदै भुँडीदेवीले मच्चाएका घम्साघम्सी र ध्वांसाध्वांसी कसलाई थाहा छैन र! यसैले ज्ञानमा जति गढे पनि, विज्ञानमा जति बढे पनि, विद्यामा जति पढे पनि, बुद्धि जति जडे पनि आखिर सबै चुलिंदै गई ‘ओं’ बन्छ भनी ऋषिहरु भन्थे, तर मलाई लाग्छ- त्यो अक्षर ‘ओं’ होइन ‘आँ’ बन्छ। यसकारण प्रत्येक बिहानै ‘कुखुरी काँ’को साथै प्रत्येक घरका केटाकेटीहरु मुख बाइहाल्छन्- ‘आँ’! अनि रातोरातो जल र मीठो पीठो जेजति पाइन्छ नैवेद्य चढाउँदै भुँडीपूजाको कार्यक्रम सुरु गर्नुपर्छ। घरमा होस् कि होटलमा होस्, ब्यारेकमा होस् कि होस्टेलमा होस्, ट्रेनमा होस् कि प्लेनमा होस्, बाटैमा होस् कि घाटैमा होस्, आखिर जहाँ भए पनि हातमुख जोर्दै सम्झनुपर्छ-
“नमो देव्यै पेट देव्यै सर्व देव्यै तथेव च। आन्द्रा आन्द्री समेतायै भुँडी देव्यै नमो नम:॥”

भुँडीपूजाको यस कार्यक्रममा अलिकति बाधा पर्यो भने आफ्नो भुँडी रिसाउनुभन्दा पहिले घरकी बुढी रिसाउँछिन् र घुर्की लाउँछिन्- तपाईंको तो सिङ्गल भुँडी त हो नि। नभन्दै उनको भुँडी साह्रै चामत्कारिक हुन्छ। आखिर गनेर ल्याउँदा बूढाबूढीदेखि लिएर भुराभुरीसम्मका सिङगा भुँडी र बूढीको भुँडीभित्रको भुँडीसमेत जोडी प्रत्येक घरमा सालाखाला साँढे सातभन्दा कम भुँडी पाइन मुस्किल छ। अनि कतिको भुँडीपूजा कतिपल्ट गर्ने? त्यसैले कोहीकोही गुनासो गर्छन्- भुँडीपूजाको झन्झट नहुँदो हो त म केके न गर्थें। हो पनि मान्छेलाई त्यो झन्झट नपरेको भए ऊ सत्यवादी हुन्थ्यो, सदाचारी हुन्थ्यो, अणुबम बनाउने खर्चले समुद्र पुर्थ्यो, आकाश उतार्थ्यो। तर मलाई लाग्छ- यी केवल धाकै मात्र हुन्, भुँडी नभएको भए मान्छे सुत्थ्यो- कुम्भकर्ण सुतेझैं। अनि जङ्गल जङ्गलै रहन्थ्यो, मान्छे जङ्गलभित्रै हुन्थ्यो।

सबैलाई थाहै छ- भुँडी स्वयं परमेश्वरी भएकोले प्रत्येक प्राणीमा उनको अंश नभएको हुँदैन। अर्को शब्दमा प्रत्येक व्यक्ति भुँडीको एक अवतार हो। ऊसित सानो होस् या ठूलो होस् एउटा भुँडी हुन्छ। त्यसैले मान्छे उखान गर्छन्- जहाँ जान लागे पनि भुँडी सँगसँगै जान्छ। नभन्दै गोसाईंथान जाने यात्रु हुन् वा अन्तरिक्षका यात्रु हन्, सबैले सबभन्दा पहिले भुँडी जोहो गर्नै पर्छ। कोही राष्ट्रसङ्घीय काममा लागेको होस् वा कोही मल सोहोर्न लागेको होस् मुख्यत: सबैलाई भुँडीपूजाले नै प्रेरित गरिरहेको हुन्छ। गधाझैं लादिन परोस् वा गाईझैं दुहिन परोस्, कुकुरझैं दैलैदैलो ढुक्नुपरोस् वा लाटोकोसेरोझैं रातभरि जाग्राम बस्नुपरोस्, येनकेन प्रकारेण भुँडीपूजा गर्न सकिएन भने घरबार सब पुरपार पारी कि रानीपोखरी ताक्नुपर्छ कि डाँडो काट्नुपर्छ। आखिर सत्य कुरो यही हो- ‘येनकेन प्रकारेण उदरं परिपूरयेत।’ सबैले थाहा पाएकै छन्- यही भुडीपूजाको लागि हाम्रा कैयन पुर्खाले परचक्रीको दैलो कुरे। हुक्काको नलीदेखि बन्दुकको नालीसम्म बोके। अझै कैयौं बुढिया र दुलही नानीहरु भुँडीको पूजासामा खोज्न निस्केका आफ्ना छोरा र दुलाहाहरुको प्रतीक्षामा आँखा तान्दै छन्।

त्यसैले त भनेको, प्रत्येक प्राणीमा भुँडीदेवताको अंश हुन्छ। अर्को शब्दमा प्रत्येक भुँडी मिलेर देश वा समाजको विशाल भुँडी बन्छ र विशाल-विशाल पनि जुट्दा भुँडीको विराट् रूप बोध हुन्छ। उस्तै र उत्रै भए पनि प्रत्येक भुँडीको बेग्लै आयतन हुन्छ र नैवेद्य ग्रहणका तरिकाहगरु विभिन्न किसिमका हुन्छन्।

यस दृष्टिले हेर्ने हो भने भुँडीलाई मुख्यत: चार भागमा वर्गीकरण गर्न सकिन्छ।

तिनमध्ये पहिला छ- हाँडीघोप्टे भुँडी। सकेसम्म अरु साराको बाग आफ्नै भुँडीभित्र घोप्ट्याएर दुनियाँमा भुँडीवादको सिद्वान्त लागू गर्न हाँडीघोप्टे भुँडी सधैं हाँडीजस्तै मुख बाइरहेको हुन्छ। कर्म न कुकर्म, सर्म न बेसर्म, धर्म न अधर्म, कुनै कुराको छ्यानविचार नगर्ने हुनाले नैवेद्यका ठूलाठूला स्रोतहरु हाँडीघोप्टे भुँडीकै सामु घोप्टिन पुगेका छन्।दोस्रो छ- घ्याम्पे भुँडी। जो हाँडीघोप्टे भुँडीभन्दा अलि सानो भए पनि स्वभावमा भने प्राय: उस्तैउस्तै हुन्छ। तेस्रो हो- टाकनटुकन भुँडी। जसलाई नैवेद्य जुटाउन सत्रतिर दाह्रा ङिच्च्याई टाकनटुकन नगरी हुँदैन। यिनको अतिरिक्त अर्को छ- ठन्डाराम भुँडी जो प्राय: खोक्रै रहन्छ। हाँडीघोप्टे र घ्याम्पे भुँडीले खँगारेका यी ठन्डाराम भुँडीहरु यहाँमात्र हैइन, पृथ्वीको भुँडीभरि ‘ठाउँ न ठहर, धोको न रहर’ भै भकुन्डिरहेका छन्। कति वानरको फौजझैं धपाइन्छन् भने कति भेडाको भाउमा खरिदिन्छन् पनि। भुँडीको नैवेद्यको लोभले भुँडीवालका जुनसुकै सर्तमाथि नाकको टुप्पामा कालो दलेर ल्याप्चे सही गर्नुपर्दा कति टाकनटुकन भुँडीहरुले हाँडीघोप्टे भुँडीझैं हाउडे भुँडीमा पस्नुपरेथ्यो। यी कथाहरु सम्झेर सम्झिनसक्ना छन्। एसिया, अफ्रिकाका कैयौं टाकनटुकन भुँडीहरुले अझै पश्चिम फर्केर ‘भवतिभवति गहुँ मे देहि’ भनी प्रार्थना गर्न छुटेको छैन।

सबलाई थाहा छ- बीसौं शताब्दीको विराट् भुँडीले सुरसाको मुख बनाएको छ। मान्छे हनुमानझैं आकाशपाताल चहारेर कति नै ठूलो आङ फुलाओस् भुँडीको बढ्दो आयतनको अनुपातमा उसको शक्तिसामर्थ्य हात्तीको मुखमा जीरा हुन्छ। कसलाई थाहा छैन र? भुँडीको लागि समुद्र तरेका भारतीयहरु भुँडीकै भाग नपुगी लङ्काबाट लर्काइँदै छन् भने भुँडीकै पिरलोले जुगजुगदेखि ‘ब्रह्माको मुलुक’ पसेका नेपालीहरु भूँडीकै समस्याले बर्माबाट फर्काइँदै छन्।

भुँडीपूजाका लागि मान्छेले के सोच्यो के सोचेन, के गर्यो के गरेन, बयान गरी साध्य छैन। सुरुमा काँचो तरुल र भ्याकुरले भुँडीपूजा गर्ने मान्छेले आज पृथ्वीको कुनै छेउलाई बाँझो रहन नदिई हलो चलाई नैवेद्य फलायो। तर एकले अर्कोको अस्तित्व आवश्यक नठान्दा भुँडीभुँडी भकुराभकुर गर्न थाले। बलियो भुँडी घ्याम्पे भए, घ्याम्पाघ्याम्पा जुधे, कोही हाँडीघोप्टे हुन पुगे त धेरैजसो ठन्डाराम भुँडी भै भकुन्डिए। आखिर अरबौं ठन्डाराम भुँडीहरुले रुन्चे स्वरमा चिच्च्याउनुपर्यो। भुँडीपूजा हुन्छ भने सबैको हुनुपर्छ। फलस्वरुप मार्क्सले भुँडीपूजाको समान पद्धति सोचे, भुँडीवालहरुले उनलाई उडाए, तर आखिर कतिपय देशमा ठन्डाराम भुँडीहरुको ध्यान त्यता नगई छोडेन।यसैयसै गरी करोडौं ठन्डाराम हाँडीहरुले भारतमा सर्वोदयको सपना देखे भने लाखौं ठन्डाराम हाँडिहरुको उचित पूजाको लागि नेपालले भूमि-सुधारको योजना लागू गर्न परिरहेछ। तैपनि हाँडीघोप्टे र घ्याम्पे हाँडीहरु ङ्यारङ्यार्-ङरङर गरी भर्सेलीबाट भाग्नुपरेका बिरालाझैं नाक बजाउँदै छन्। तर नैवेद्यको जोरजामका लागि कसिएका ९५ प्रतिशत भुँडीहरुको माझमा निहुँ खोज्न लागे भने उनीहरुको जुगानुजगदेखि टन्किएको भुँडीले मादल र दमाहाझैं बज्नुपर्ने कुरा स्वत: सिद्ध भइसकेको छ। कुराको जरो यही हो।

मैले यो भुँडीपुराण पनि भुँडीदेवीकै उपासनाको लागि लेखेको हुँ। जुन दिन भूमिसुधारको महामेला सकिएर खोजेजस्तै गरी सबैले भुँडीपूजाको सौभाग्य पाउलान्, त्यसै दिन व्यास बाजेका अठार पुराणमा उन्नाइसौं महापुराणको रुपमा मेरो भुँडीपुराण कसो नजोडिएला त?

एक त आफ्नो जातै वीर, दोस्रो वीरबाहादुरको झनाति, तेस्रो नामै मेरो वीरबल  पाँडे – अब म कत्रो वीर हुँला भन्नै पर्दैन ! त्यसमाथि पनि नेपालको नाइटैबाट जन्मेको कान्तिपुरेकाजी भनेपछि त कुरै खलास । त्यसैले त, वीरधाराको कलकल जल वीरगन्जे ताप्केमा उमालेर सुर्क्याइदिएपछि कहिलेकाहीँ भोजन र सोजन, मेरो भोक त स्वयं भकुरिएर भागिहाल्छ । आखिर भुँडी भर्नुसम्मै त हो, बल र तागत भन्ने वस्तु त बाबुबाजेको नामैदेखि टाँसिएर आएको छँदै छ नि ! 

कत्राकत्रा युद्दमहायुद्दमा वीरता देखाउन सक्नेको सन्तानएक बटुको खोले पियोस् वा हाफ प्लेट छोलेको भरमा जिओस्यति मामुली कुरामा केको खोजीनिती ? अझै मेरो वीरतामाथि विश्वास छैन भने हेर्न आउनुहोलाबाजेले बर्माको लडाइँमा वीरगति प्राप्त गरी कमाएको वीरचक्र अहिलेसम्म चूलोमाथिको दलिनमा घुसारेको छँदै छ ।

त्यसैले त होरोग लागेको बेलामा पनि सौभाग्य मिले वीर अस्पतालै पुग्न पाइन्छ जहाँ औषधिले रङ्गाएको उही वीरधाराको निर्मल जल कैयौँ वीरहरुले प्रत्यक दिन सितैमा सुर्क्याउन पाउँछन्जसमध्ये म पनि एक हुँ । तर मेरा कुनैकुनै साथी यस्ता निर्दोष छन्वीरको अस्पताल पुग्न छाडेर रोगाएको एक महिना नहुँदै डाक्टर-पूजा गर्न थाल्छन् । यो कुरा मलाई पटक्कै मन पर्दैन र म भन्छु- नामर्दको ओखती पो नमर्दै हुन्छ त,मर्दको ओखती मर्दा भोलिपल्टसम्म गरे हुन्छ बाबै! कतिपय साहित्यकार,कलाकार आदिले समेत अबलम्बन् गरेको यो सिद्दान्त आफूले छाड्ने कसरी?आखिर बेकार भए पनि म एउटा कार हुँ,लुरे भए पनि वीर जातिको आकार हुँ ।

आजको आर्थिक युगमाआर्थिकै दृष्टिले हेर्ने हो भने पनि मेरो सिद्दान्त रामबाण जस्तो छ । मर्दको दसोटी हुँन्छन्’ भन्ने हाम्रो लौकिक आदर्शमुताबिक एउटा भालेलाई दसोटीसम्म पोथि गुटमुटयाउने  लाइसेन्स समाजले दिएकै छ । यो विख्यात मर्दताको फलस्वरुप चूहलैपिच्छे खोलिएका पुत्रपुत्री प्रोडक्सन बहुपत्नी लिमिटेड’ का शाखाहरुबाट धडाधड उत्पादन हुने साराका साराले भोक लाग्नेबित्तिकै खान र रोग लाग्नेबित्तिकै उपचार गराउन थाले भने भोलिदेखि आकाशतिर फर्केर फूलौरा बर्सलान् कि भनि आँऽऽ मुख बाउन नपर्ला भन्ने के ग्यारेनटीवीर भएकोले इलमउधोगको पीर गर्नापट्टि लागिएन तकि दाउरे बन,कि लाहुरे बनकै जम्बामर्दी संस्कारमा हुर्कियो अहिलेसम्म! अनि भन्नोस् मैले झैँ रोग,भोकलाई स्वातन्त्र्य नदिने हो भने आखिर पोखरा-भर्ती केन्द्रजस्तै लमजुङ-भर्ती केन्द्रसमेत खोल्नुपर्‍यो भने ! 

लौ, म कुरो गर्न लागेको त सोझै होतर अतिथि इन्जिनियरहरुले बनाइदिएको बाटाघाटाको नक्साझैँ दसतिर टेढिएर लम्किन गएकोमा माफ राख्नुहोला । मुख्य कुरो के भनेयत्रो वीर भएर पनि अहिलेसम्म गोडामा एक जोर लाहुरे जुर्राफ पर्न सकेको छैन । हुन त नामको लागि एउटा काम गर्नुभन्दा नामको लागि सत्रोटालाई सलाम गर्नु आजको सभ्यता हो,तर एक बारको चोलामा झोला बोकेर लाहुरै नगई के मर्नु जस्तो लागेर आयो । तन्नेरीमा लाहुर नपस्ने र बुढयाइँमा काशी नबस्ने नेपाली गति पर्दैन भन्छन् । हुन पनि वीरको छाउरो भएपछि फ्याउरोझैँ के आफ्नै घरका लुते धन्धामा लाग्नु त ।

, कुरो त फेरि मन्त्रीज्यूको भाषणझैँ उही पो दोहोरियो । आखिर जति भूमिका भट्टयाए पनि म जान लागेको थिएँ लाहुरत्यसैले इस्टकोटको टाँक लगाएर खुकुरीवाल टोपी छड्के पारेँअलिअलि सामलतुमलको झोला भिरेँहिँडे । तपाईलाई के ढाँटौँ कुरा ! जति ढाँट्ने साहूलाई नै ढाँटी गोजीमा जमाएको थिएँ- गोडा सोरेक रुपियाँ । त्यहि पनि साट्सुट गर्दा ठयाम्मै भयो दसको नोट । पैसा मात्रै भनेर हुन्छदेशी पैसाहामीकहाँबाट मसिना चामल झिकाउने पैसा, हाम्रो पैसा उताबाट उसिना चामल बेसाउने पैसा ?जे होस्आफूलाई चाहिएको थियो नयाँ ठाउँमा जान नयाँ पैसा । आखिर पुग्नुसम्मलाई त होलाहुर पुग्नेबितिकै त वीर नेपाली आएको भनेपछि नोटको माला लिएर स्वागत गरिहाल्छन् । त्यसैले आनेकाने कुरा नहेरी कालधाराबाट म लुसुक्क निस्केर पुगिहालेँ सुनधारा । 

ओहो! वीरबलबाबू कता नि ?” बसमा उक्लनेबित्तिकै सुनियो एउटा बूढी-स्वर । यसो हेर्छु त आफ्नै भक्तिनी बज्यै । दुई तिनोटी तरुनीको माझमा बसेर रामनामी टाउकोमा राखेर रुद्रा घुमाइरहेकी । म त लाहुरतिरआमै कता नि ?” 

मैले सोधि नसक्तै बूढी थोते मुख नचाउँदै भन्न थालिन्- कहाँ हुन्थ्योउनै विश्वनाथ बाबाको पाउमा त हो नि यी नानिहरुले पनि कहा साहै सास्ती पाएछन्, सबै अनाथको बाबा विश्वनाथ भनेर उतै लिएर हिँडेकी । एउटीलाई सासूले नसहेर छुट्टी,  अर्कीको पोइ लाहुर... ।” बूढी परी लाउँदै थिइन्,  बीचैबाट अर्का एउटा भलादमीले प्वाक्क भन्यो- कूरो राम्रोविश्वनाथ बाबालाई सधैँ भेटी मात्र कति चढाउनु तकहिलेकाहीँ केटी पनि चढाइदिनै पर्छ । यसबाट एकतिर चेलिबेटीको उद्दार हुन्छअर्कोतिर आफ्नो दालरोटीको समस्यै टर्छ ।” भलादमीले यो कस्तो कुरा गरेका हुन्म त लक्क न बक्क भै जिल्लिँदै थिएँबूढी आमै भने जिस्क्याइएको जँडयाहाझैँ पाखूरा खैँचेर सराप्न थालिन्- तीर्थ जान लागेका मेरा छोरीबेटीसँग आँखा जुधाउने तँ लुठलाई पख्लास् !” वास्तवमा त्यो बिचरो भलादमीले आँखा जुधाएकै थिएन है,  नभएको कुरा भन्नु पाप लाग्छ,तर बूढी किनकिन त्यसै रन्किन् र मसित भन्न थालिन्- हेर्नोस् न बाबू,  के मैले यी केटीहरुलाई भागीरथीमा बगाइदिउँला त ?” भलादमीले भने – “भागीरथीमा बगाए त केही थिएनमाझीले उतार्थ्योतर चचार पाथि चनामा मोलाउली भन्ने पो डर त ।” यो औडेखौडे कुरा के होमैले भने आधुनिक साहित्यजस्तै सबै बुझेर पनि केहि बुझ्न सकिनँ ।
असार-साउनको माटोबाइरोडको बाटो ।’ ड्राइभर रमले रन्नट्रक यात्रुले टन्न । अब चाहियो के र एकछिन त थचाराथचार धक्कमधक्काले निकै स्वाद चखाएको थियोतर जतिजति ट्रक उँभोउँभो लाग्दै गयोउतिउति आफ्नो हंस भने उँधोउँधो हुँदै गयो । तैपनि वीरको यात्रा वीरताकै माफिक हुन्छ भन्दै बूढीका चेलीबेटीलाई म आश्वासन दिँदै थिएँ- तीर्थ जानेलाई केको डर बाँचे वाराणसीमरे अमरावती । तरनढाँटीकन भनूँ भने आफूलाई चाहिँ सन्देहै थियो । बाँचे त म लाहुर पुग्छुपुग्छु मरे कहाँ पुग्छुस्वर्ग कि नरक स्वर्गै पुग्न त अमरावती इन्स्योरेन्सन कम्पनीका एजेन्ट-बाजेहरुलाई खीर खुवाएकै छैन । जे होस्, वीरजातिको सन्तान भएकोले बाबुबाजेले कमाइदिएको नामकै भरमा चित्रगुप्तले कमसेकम सेकेन्ड क्लास सिट त कसो नदेलान् ! 

म आफ्नै सोचाइमा एकसुर थिँएपछाडिबाट कोट्टयाउँदै एक जना साहूजीले भने... तपाईं लाहुर जाने भए त्यतातिर रायोको सागको माग विचार गर्नुहोला है ! नभए एजेन्ट बनेर प्रचार गरे कमिसन पनि दिउँला । मेरो व्यापार चानचुने छैन बुझ्नुभोयसपालि मात्रै पाँच हजारको साग निकासी भयो ।” आफ्नो मूल राष्ट्रिय तरकारी पनि विदेश निकासी गर्ने साहुको कुरा सुन्दा मरो भने सार्है चित्त दुख्यो र भनिहाले – “बिहानबेलुका अरु थोक केही नपाए पनि डुकुको झोलसित ढिँडो पुकुपुकु निल्न सकिन्थ्योत्यही डुकु पनि निकासी गरिदिएपछि त तरकारी मात्रै होइनभोलिदेखि तिहुनकै समस्या त पर्दैन ?” साहूले बीचमै कुरा काट्तै भने- तिहुनको समस्या झन् टर्छ । गहिरिएर हेर्नोस् तयताबाट सागका मुठा पठायोउताबाट सब्जीको डिब्बा झिकायो । मीठोको ठाउँमा मीठोछिटोको ठाउँमा छिटोकुरा बुझ्नुभएन यस्तै हुन्छ चतुरहरुको व्यापार !” साहूको कुरा मलाई मनासिबै लाग्यो । आजको जमानामा पनि उहाँको झिलिमिली रेडिमेडसब्जी’ खान छाडेर टुकुचामा पखालेको डुकुचा को केलाइरहोस् । सरकारी काममा होस् कि तरकारी खानमा होस्सबैतिर छिटोछरितोपनको आवश्यकता छ आजआधुनिक सभ्यता भनेकै यही न हो ! 

साहूजीसित कुरा गर्दागर्दै आफू त सातघुम्तीमा हाराबारा तोरी गर्दै घुम्न पुगिसकिएछ । भक्तिनी बुढिया रामराम भन्दै थिइन्तर ड्राइभर हराम परेकोले ट्रक झन्झन् वेगसित घुम्न थाल्यो । घच्चाघच्ची गर्दागर्दै लागेछ क्यार चौधरीज्यूलाई ! कालोकालो अनुहारलाई रिसले झन् कालो पार्दै झपारिहाले- पहाडिया लोग मूर्ख होते हैं । सडक बनवा दी है हम लोगों ने,घच्चा देते हैं हमें ही । जरा सन्मान के कायदे सीखो ।” आफूले त पक्की भाषा जानेको भए पो बुझ्नु ! पक्की बात गर्न पनि कि लाहुर हुनुपर्छ कि जोगी हुनुपर्छ यहाँ । तैपनि शिष्टतापूर्वक चौधरीज्युलाई भनेँ- बाटोमा कहिलेकाहीँ घच्चा लाग्छ हजुर ! नरिसाउनोस् ।” चितुवाका जस्ता आँखा एक पटक तरेर उनकी श्रीमतिले भनिन्- आइन्दा ऐसा मत करनाकहाँ जा रहे हो हमारे यहाँ नौकर बैठेगा ?” यो कुराले भने मलाई यस्तरी रनक छुटायो कि फट्कारेर भनिदिएँ- म त लाहुर पस्न लागेको पो त,तिमीकहाँ नोकर बस्छु ?” “बैठोगे तो तुम्हें हम दरबान भी बना देंगे” भनी चौधरनी भाउजू आँखा नचाउँदै थिइन्म फरक्क फर्केर पुगेँ अर्कै छेउमा । 

प्राणवायु अपानवायु दुवै समान भएकाले ट्रकभित्र सास फेर्न पनि मुस्किल परिरहेको थियो । घुइँचोले कुन कसको सीट हो,कोको कहाँनिर छन् पत्तै भएनमानौँ संसार-सागर त्यहीँ थियो । त्यसैले मलाई लागिरहेको थियो- लाहुरबाट फर्किंदा त म यो भद्रगोलमा के बस्थेँत्यति बेला आफूसित रुपियाँको ब्याग हुन्छ, स्वास्नीलाई ल्याइदिएका लुगागहना हुन्छन्- केके हुन्छन् केके ! सम्झेर के साध्य ! देश भनेको देशै होधन हुने बाबूसाहेबहरुको राख्न जाने ठाँउ पनि उहीँनहुनेहरुको कमाउन जाने ठाँउ पनि उहीँ । दाजुभाइसित झगडा परे झिटीझाम्टा जिम्मा दिने पनि उतै,बाबुआमाले गाली गरे पाखुरा खैँचन पाइने पनि उतैबाट । कस्तो विचित्र ठाउँ होला त त्यो ! 

मैले गम्दागम्दै ट्रक त पुगिसकेछ रक्सोल । उत्रनेबित्तिकै विभिन्न थरी उर्दीपोसाक लाएकाहरुले बाबूजीइधरउधर” भन्दै मलाई छोपिहाले । वीर नेपाली भनेपछि स्वागतार्थी पनि कतिकति आएका ए ! मैले नेप्टै  पनि आफ्नो नाक फर्सीजस्तो पारी फुलाएँ । तर फसादचाहिँ के पर्‍यो भने सबैले तानेपछि जाने कतातिर ससुराली भिन्न भएको साल सोह्रासरादको श्राद्धमा गएको जुवाइँलाई जस्तो अप्ठयारो पर्‍यो आफूलाई त । क्याहो ए वीरबल भान्जा ! तिमी पनि यहाँ ?” त्यहीँ नजिकबाट आफ्ना मामाको स्वरले मलाई झसङ्ग पारिदियो । ओहोमामा तिमी पनि यहाँ ?”मामालाई झम्टँदै मैले पनि सोधिहालेँ- उता लाहुर गएको भन्थे- यहीँ हो कि क्या हो लाहुर ?” मलाई आफूले तानिरहेको रिक्सामा बस्ने अनुरोध गर्दै मामाले भने- तिमी अलि सोझा छौ भान्जा ! नेपालीको निम्ति डाँडो काटयो कि लाहुर ! तिमी कता नि ?” मैले चकित भावमा जबाफ दिएँ- म पनि लाहुरतिर लागेको !” “लाहुर त लाहुरतिमी साँच्चीकै लाहुर पुग्न आँटेछौ, पोकोपन्तरो खोइ ?” यताउति हेरेर झपार्दै मामाले भने । नभन्दै पोकोपन्तरो त अर्कै स्वागतार्थीले अघि नै लगिसकेछ- अब कहाँ कसलाई समाउन जाने त लौ ! 

फ्याकिदेऊ त्यो टोपीसोपीयता टोपीको दर्शन पाएपछि पोको मात्रै होइन पोकोवालालाई बोकोझैँ घिच्च्याएर बेचिदिन बेर छैन बाबै !” मामाको यो व्याख्यान मैले केही पनि बुझिनँ  । तैपनि टोपी फुकालेर रिक्सामा बसेँ । मामा सोध्दै गए- अब के गर्छौ त रिक्सै चलाउँछौ भनेमामाभानिजको कामकुरो मिलिहाल्यो । होइनम त नोकरी नै गर्छु भन्छै भने कुनै होटेलमा बेरा खाली छ कि बुझ्नुपर्ला । मामाको यस प्रश्नले मलाई छक्क पार्‍यो र सोधेँ- के साँच्चै लाहुर यही हो मामा ?” मामाले मुस्कुराउँदै जबाफ दिए- भनिहालेँ निहाम्रो निम्ति डाँडो काटयो कि सबतिर लाहुर  । रक्सोलमा रिक्सा चलाऊ वा दरभङ्गामा दरबानी गर, मलायामा बुट ठोक कि मणिकर्णिकामा मुर्दा बोकघर गएपछि कमसेकम पाइजामा नफाटुन्जेल तिमी लाहुरे भइहाल्छौ ।” मामाका यी मार्मिक कुराले म त छानाबाट खसेजस्तै भइहालेँनिधारमा चिटचिट पसिना आयोनाक-मुख खङ्ग्रङ्ग सुकेर रिक्सैमा घोप्टो परौँला भन्ने डर लाग्न थाल्यो । के यही हो त लाहुर- हजारौँ नेपालीले आउने गरेको लाहुर वीरजातिले पुरुषार्थ देखाउने लाहुर ?” मैले अतासिँदै सोधेँ आफ्ना लाहुरे मामासँग । मामाले च्याँठिएर जबाफ दिए- के तिम्रो हाम्रो वीरता खलङ्गामा लड्ने नेपालीको वीरता हो रत्यसो भए त तिमीलाई देशको माया हुन्थ्योउतै घोट्टिन्थ्यौउतै बाँच्थ्यौ । तर तिम्रो वीरतात्यो गुर्खा’ को वीरताजसले देशमा एउटा काम गर्नुभन्दा विदेशमा सत्रोटालाई सलाम गर्नुलाई पुरुषार्थ ठान्योआफ्नो पसिना दिनुभन्दा अरुको निम्ति रगत दिन जान्यो । तिमी त्यो कँवरकुलको कमानमा दीक्षित नेपाली जसले तन्नेरीको तनतरुनीको मन सबको दरभाउ बसायोधन कमायोकैयौँ ब्याङ्क जमायो । कुरो बुझ्यौ?”तर सत्यसत्य मैले कुरो बुझिनँ । मैले मामाको कुरा बुझिनँ । तर मनको भित्री भागमा चाहिँ के लाग्यो भने-घरबाट ल्यएको पोकोपन्तरो मात्रै नहराएको भए पनि म ठाडै खुट्टाले फर्कन्थेँ घर । तरअब परियो यता आफू अलपत्रजहान उता अलपत्रजो भएको झिटीझाम्टा पर्न गयो साहूको सत्र ! जे होस्हामी वीरको साथै उदार पनि त हौँदुइ-चार जना हामीजस्ता स्वदेशीहरु हराएर के भोकैयौँ देशी’ हरु नक्कली मयूरझैँ भित्रिँदै पनि त छन् के नि ! तर जति सम्झाए पनि मनचाहिँ बिग्य्रोबिग्य्रोलाहुर बस्नै मानेन र फर्केँ घरैतिर । त्यसैलेहेर्नोस्कहाँ लाहुरे बन्न गएको मान्छे अहिलेसम्म दाउरे बनेर झ्याउरे गाउँदै छु ।

Wednesday, October 2, 2013

(१)एक् दिन् नारद सत्यलोक् पुगि गया, लोक्को गरूँ हित् भनी ।
ब्रह्मा ताहिं थिया प¥या चरणमा, खुशी गराया पनी ।।
क्या सोध्छौ तिमि सोध भन्छु म भनी, मर्जी भएथ्यो जसै ।
ब्रह्माको करुणा बुझेर ऋषिले, बिन्ती ग¥या यो तसै ।।

(२)हे ब्रह्मन् ! जति हुन् शुभाशुभ सबै, सूनी रह्याँछू कछू ।
बाँकी छैन तथापि सुन्न अहिले, इच्छा म यो गर्दछू ।।
आऊला जब यो कली बखतमा, प्राणी दुराचार् भई ।
ग¥र्या छन् सब पाप् अनेक् तरहका, निच्का मतीमा गई ।।

(३)साँचो बात गरैन कोहि अरुकै, गर्नन् त निन्दा पनी ।
अर्काको धन खानलाई अभिलाष्, गर्नन् असल् हो भनी ।।
कोही जन् त परस्रिमा रत हुनन्, कोही त हिंसा महाँ ।
देहैलाई त आत्मा जानि रहनन्, नास्तिक् पशूभैmँ तहाँ ।।

(४)काम्का चाकर भैmँ भएर रहनन्, स्त्रीलाई द्यौता सरी ।
मान्नन् पितृ र मातुलाई बुझि खुब्, शत्रू सरीका गरी ।।
ब्राह्मण् भै कन वेद बेचि रहनन्, कोही पढुन् ता पनी ।
धन् ठूलो छ पनि भन्या सहज धन्, आर्जन् गरौंला भनी ।।

(५)
जाती धर्म रह्वैन क्षत्रिहरुमा, जो छन् इ नीचाहरु ।
शूद्रादी त तपस्वि होइ रहनन्, ब्राह्मण् सरीका बरु ।।
स्त्री घेर् भ्रष्ट हुनन् पती र ससुरा–, को द्रोह ठूलो गरी ।
यस्ता नष्ट कसोरि मुक्त ति हुनन्, संसार–सागर् तरी ।।

(६)

यो चिन्ता मनमा भयो र अहिले, सोधूँ उपायै भनी ।
आयाको छु दयानिधान ! कसरी, तर्नन् सहज् ई पनी ।।
यस्तालाई उपाय तर्न सजिलो, कुन् हो ऊ आज्ञा गरी ।
मेरो चित्त बुझाइ बक्सनुहवस्, क्याले इ जान्छन् तरी ।।

(७)
नारद्ले दुनियाँ उपर् गरि दया, बिन्ती ग¥या यो जसै ।
ब्राह्माजी पनि खुब् प्रसन्न हुनुभो, मर्जी भयो यो तसै ।।
हे नारद् ! सब पाप हर्नकन ता, रामायणैले सरी ।
आर्को मुख्य उपाय छैन सबको, हित् यै छ अमृत् सरी ।।

(८)
शम्भूदेखि सुनेर तत्व सब यो, गान् पार्वती गर्दछिन् ।
राम्को नाम अपार जानि बहुतै, आनन्दमा पर्दछिन् ।।
जस्ले गान्कन गर्दछन् ति त सहज्, संसार पार् तर्दछन् ।
कालैको पनि ताप् हुँदैन भय सब्, तिन्का सहज् टर्दछन् ।।

(९)
यो सब् शास्त्रविषे बडो छ रघुनाथ–, को रुप् जनाई दिन्या ।
जो छन् सब् इ पुराण्हरु इ सबमा, यै मुख्य जानी लिन्या ।।
गर्छन् कीर्तन सुन्दछन् पनि भन्या, यो पाउँछन् फल् भनी ।
तिन्को पुण्य बखान गर्न त सबै, सक्तीनँ मैले पनी ।।
(१०)
सुन्याथ्याँ शिवदेखि यस्क महिमा, एक् श्लोक् पढुन् ता पनी ।
भक्तीले यदि यो पढ्यो पनि भन्या, पाप् छुट्तछन् सब् भनी ।।
जो एक् चित्त गरेर पाठ खुशि भै, गर्छन् सदा यै भन्या ।
जीवन्–मुक्त तिनै त हुन् नर भई, ईश्वर् सरीका बन्या ।।
(११)
पूजा पुस्तकको ग¥या पनि फल्, एक् अश्वमेघ्का सरी ।
पाउँछन् सुनियो कहीं पनि भन्या, पाप् छुट्तछन् तेस् घरी ।।
जो ता पुस्तकका नजिक् गइ नमस्–, कारै फगत् गर्दछन् ।
तेस्ता जन् सब देवता पुजि हुन्या, फल्–भोगमा पर्दछन् ।।
(१२)
चारै वेद पढेर शास्त्रहरुको, व्याख्यान गर्दा पनी ।
पाईंदैन उ फल् त पाउँछ सहज्, पुस्तक् दिनाले पनी ।।
भक्तीले कहिं भक्तका घर गई, एकादशीमा कह्या ।
चौबिस् पल्ट पुरश्चरण् गरि हुन्या, गायत्रिका फल् भया ।।
(१३)
जस्ले राम्नवमी उपासि खुशिले, जाग्रन् समेतै गरी ।
यो रामायण पाठ् गरोस् कि त सुनोस्, तन्मन् यसैमा धरी ।।
तेस्ले तीर्थ पिछे तुला–पुरुष दान्, सूर्यै ग्रहण्मा ग¥यो ।
येस्मा संशय छैन जान्नु सबले, आनन्दमा त्यो प¥यो ।
(१४)
रामायण् कन गाउन्या पुरुषको, आज्ञा त इन्द्र पनी ।
मान्छन् श्रीरघुनाथका प्रिय इ हुन्, मान्या इनै हुन् भनी ।।
रोज्–रोज् यस्कन पाठ् गरेर जनले, सत्कर्म गर्छन् जती ।
कोटी गुण् फल बढ्ति मिल्छ सबको, घट्तैन तिन्का रती ।।
(१५)
यस्मा राम् ह्दयै छ पाप् हरि लिन्या, क्वै ब्रह्म–घाती पनी ।
शुद्धात्मा बनिजान्छ तिन्दिन पढ्या, गर्नन् कृपा राम्–धनी ।।
रोज्–रोज् तीन पटक् अगाडि हुनुमान्, राखेर पाठ् गर्छ जो ।
जस्तो भोग्कन गर्न खोज्दछ उ भोग्, सम्पूर्ण पाऊँछ सो ।।
(१६)
जो यो पाठ् तुलसी पिपल् वरिपरि, गर्छन् प्रदक्षिण् गरी ।
तिन्का पाप् सब जन्मका जति त छन्, छुट्छन् ति तेसै घरी ।।
तेस्मा रामगीता छ झन् अति ठुलो, जस्को महात्मै पनि ।
सब् जान्न्या शिव मात्र छन् अरु त क्वै, जान्दैन यस्तो भनी ।।
(१७)
आधा पार्वति जान्दछिन् म त सबै, चौथाइ पो जान्दछू ।
गीता पाठ गरेर नाश न हुन्या, पाप् छैन यो मान्दछू ।।
राम्ले वेद मथन् गरी कन झिक्या, गीता र अमृत् सरी ।
लक्ष्मण्लाई दिया यही पढि लिया, जाइन्छ संसार् तरी ।।
(१८)
मार्छू निश्चय कार्तवीर्य भनि खुब्, ठूलो इरादा गरी ।
पढ्थ्या श्री शिवथ्यै गई परशुराम्, दिन्–दिन् चरण्मा परी ।।
पढ्थिन् पार्वति राम्गिता तहिं सुनी, पाठ् गर्न लागी गया ।
राम्गीता तहिं देखि पाठ् गरिलिया, नारायणै ती भया ।।
(१९)
मैह्ना दिन् यहि राम्गिता पढि लिया, सब् ब्रह्म–हत्या हरु ।
छुट्छन् ता अरु छुट्तछन् सकल पाप्, भन्न्या बखान् क्या गरुँ ।।
शालिग्राम् तुलसी पिपल् कि त बडा, संन्यासि थ्यैं जो गई ।
राम्–गीता कन् पाठ् ग¥यो पनि भन्या, ठूलो महात्मा भई ।।
(२०)
जुन्फल् छन् मुखले भनी न सकिन्या, सो फल् ति भोग् गर्दछन् ।
कोही श्राद्ध विषे पढुन् त तिनका, पितृ सबै तर्दछन् ।।
पैह्ले खूब नियम् गरी दशमिमा, एकादशीमा पनी ।
आसन् बाँधि अगस्ति वृक्षमनि पाठ्, गर्छू म गीता भनी ।।
(२१)
राम्–गीता उपवास् गरीकन बहुत्, आदर् गरी पढ्छ जो ।
तेस्लाई त न भन्नु मानिस भनी, रामै सरीको छ त्यो ।।
दान ध्यान् तीर्थ कदापि केहि नगरी, यै राम–गीता पढी ।
बस्छन् जो ति अनन्तका पदविमा, जान्छन् सहज् पार् तरी ।।
(२२)
धेरै बात गरेर हुन्छ अब क्या, रामायणै हो जबर् ।
पाप् हर्नाकन छैन् केहि बुझियो, येसै सरीको अबर् ।।
जो छन् तन्त्र पुराण् श्रुति स्मृति इता, सोह्रै कलामा पनी ।
पुग्दैनन् त बखान् कहाँ तक गरुँ, यो फेरि ठूलो भनी ।।
(२३)
जो रामायणको महात्म्य विधिले, नारद्जिलाई कह्या ।
जुन् सूनी कन चित्तले बुझि लिंदा, नारद् पनी खुश् भया ।।
पाठ् गर्छन् कि त सुन्दछन् यदि भने, यो येति सुन्दा पनी ।
जान्छन् सब् उहि विष्णुकापुरि महाँ, खुब् पूज्य सब्का बनी ।।
(२४)
कैलाश्मा भगवान् सदाशिव थिया, ध्यान्मा बहुत् मन् दिई ।
बाम् काख्मा बहुतै पियारि हितकी, श्री पार्वतीजी लिई ।।
एक् दिन् पार्वतिले तहाँ शिवजिथ्यैं, सोधिन् चरण्मा परी ।
आपूm ता सब जान्दथिन् तर दया, सम्पूर्ण लोक्मा गरी ।।
(२५)
हे नाथ् ! बिन्ति म गर्दछू हजुरमा, राम् कुन् जगत्का पती ।
राम् देखी अरु कोहि छैन जनका, संसार तन्र्या गती ।।
जस्मा भक्ति ग¥यो भन्या अति गम्भीर्, संसार सागर् महाँ ।
नौका भैंm तरि जान्छ झट्पट गरी, तेस् नर्को देहै तहाँ ।।
(२६)
यस्ता राम् कन लोकमा जनहरु, एक् ईश्वरै मान्दछन् ।
कोही तत्व नपाइ मूर्खहरु ता, मानिस् सरी जान्दछन् ।।
Design and Compelled by Engineer Kshitij Wagle | Blogger Theme by Horizon - Wagle | waglehorizon