एउटा लामो कथा लिएर बाँचेको मान्छे
सम्झँदै तिमीलाई आँशु पिएर बाँचेको मान्छे
लट्टाईको
सहारामा उडेको चंगा जस्तो
फगत् धागोमै जिएर बाँचेको मान्छे
समयले एस्तो हविगत बनाइसक्दा पनि
मौनताको सहारा लिएर बाँचेको मान्छे
पढ्न त पढ्छन मलाई बुझ्दैनन् कसैलेनी
ध्वजा ध्वजा यो मन सिएर बाँचेको मान्छे ।
-क्षितिज वाग्ले
0 comments: