जगदीश घिमिरेको अन्तर्मनको यात्राले छोटो समयमै निकै प्रशंसा र ख्याति प्राप्त गर्यो । परिणामतः आफूले त्यो कृति 'पढेको छैन' भन्न कठिन हँुदै गयो, त्यसैले पढेँ । विशेष शारीरिक अवस्थामा भएका बेला लेखिएको कृति रहेछ त्यो । त्यसमा व्यक्त जीवन दर्शनका कतिपय पाटाहरूले मलाई पनि छोयो र यी हरफ लेख्ने जमर्को गरेँ । घिमिरेको कृतिको समालोचना गर्ने यो लेखको आशय होइन । यस पंक्तिकारका लागि उक्त कृतिको महत्त्वपूर्ण पक्ष भनेको त्यसमा व्यक्त भएका मानवीय गुण र जीवन दर्शनको पक्ष हो ।
गीता भन्छ- 'जातस्य हि ध्रुवोः मृत्यु' अर्थात् जन्मेपछि मृत्यु अवश्यम्भावी छ । मृत्यु कति उमेरमा, कुन समय र स्थानमा कसरी हुन्छ भन्ने कुरा कसैलाई पनि पूर्वज्ञान नहुनु मानव जीवनको सबैभन्दा सुखद पक्ष हो । रोग लाग्दैमा मान्छे मरिहाल्छ भन्ने छैन । तर 'माइलोमा' ले भेटेको मान्छे निश्चित समयभन्दा बढी बाँच्दैन भन्छ चिकित्सा विज्ञान । उपचारले मृत्युलाई केही पर भने धकेल्न सकिने रहेछ । लेखकले आपmनो उपचार प्रक्रियालाई अत्यन्त मर्मस्पर्शी शब्द संयोजनबाट मानवीय स्वभाव र जीवन दर्शनका कटु यथार्थहरूलाई सबैले देख्ने गरी, सबैले बुझ्ने र अनुभवद्वारा आत्मसात् गर्न सक्ने भाषामा व्यक्त गरेका छन् । साँच्चै भन्ने हो भने लेखकले 'मानव' भन्ने प्राणीलाई नंग्याएका छन् यस कृतिका माध्यमबाट ।
लेखकले समयलाई नै सर्वेसर्वा सत्य भनेका छन् र माइलोमालाई जीवनको जटिलताको प्रतीक । मानव जीवनको गहिराइमा व्याप्त विषाद, वेदना र छटपटीको साक्षात् रूप 'माइलोमा' लाई उनले 'अपराधै नगरे पनि दण्डित हुन विवश मानव नियतिको अभिलक्षण पनि हो' भनेका छन् । आफूले लेखेको आत्मानुभूति या आत्मालापलाई लेखक आफ्नो भन्दा बढी समयको योजना ठहर्याउँछन् । 'जीवन समयको योजना हो । आफ्नो होइन । मान्छेले अन्ततः समयकै योजनामा जिउनु र मर्नुपर्छ' लेखकले मृत्युसँगको साक्षात्कार गरिसकेपछि गरेको अनुभूति थियो त्यो र लक्ष्मीप्रसाद देवकोटाझैं उनी पनि 'आखिर श्रीकृष्ण रहेछ एक....' को निष्कर्षमा पुगेको अनुभूति हुन्छ ।
'पूर्ण सिद्धान्तवादीहरू पूर्ण विवेकहीन हुन्छन्' भन्ने लेखक राजनीतिक सिद्धान्तलाई बट्टामा बन्द र संकीर्ण मानसिकता ठान्छन् 'दायित्वको पदमा बसेकाहरू निर्णय गर्न होइन निर्णय टार्न प्रवीण थिए । नोकरतन्त्रको विशेषता निर्णय गर्नु होइन, निर्णय टार्नु हुन्छ' भन्दै लेखकले हिजोको मात्रै होइन 'नयाँ नेपाल' को पूर्वसन्ध्यामा पदार्पण गरेको नेपाली नोकरशाही तन्त्रको पनि राम्रै चिरफार गरेका छन् ।
लेखकले जीवनलाई धान्ने प्रक्रिया हो भनेका छन् । सायद उनलाई नजिकिँदै गरेको मृत्युवरणको कल्पनाले त्यस्तो अनुभूति दिलाइएको होला । एकछिनपछि पनि के हुन्छ भन्ने थाहा नहुने जीवनमा लामालामा निजी योजनाहरू अर्थहीन हुने ठहर भेटिन्छ । मान्छेको पूर्ण व्यक्तित्व उसको भाव, स्वभाव र स्ववास्तविकताको संयोग भएको पनि उनको ठम्याइ छ । लेखकको बुझाइ छ- 'समस्या समस्यामा नभएर मान्छेमा हुन्छ ।' मान्छेले आफ्नो समस्या आफूमा नभएर अरूमा देख्छ । यो नै अहं समस्या बन्न पुग्छ । समस्यालाई हेर्ने दृष्टिमा नै समस्या भएमा वा मान्छेले आफू मात्रै जान्नेछु भनी ठानेमा लेखक त्यसको समाधान देख्दैनन् । 'म केवल यो जान्दछु कि केही पनि जान्दिनँ' भन्ने सुकरातको भनाइसँग लेखकले पनि सहमति जनाएका छन् । अज्ञानीलाई आफ्नो ज्ञान थाहा हुन्छ र ज्ञानीलाई अज्ञान । त्यसैले लेखक ठोकुवा गर्छन्- 'मान्छे मूलतः अविवेकी प्राणी हो जो आफ्नो अविवेक देख्दैन, अर्काको मात्रै देख्छ । 'तीव्र जीवनशैली वाहियात र घातक हो' भन्ने लेखक सुखको खोजीलाई दुःखको प्राप्ति ठान्छन् । सायद इतिहासको अध्ययन र तीव्रतर रूपमा देशको सामाजिक, आर्थिक, सांस्कृतिक र मूलतः राजनीतिक परिवेशमा आएको परिवर्तनका साथै नेपालीको छटपटीको अनुभव गरेका लेखकले मान्छेको जस्तै देशको पनि कर्म हुन्छ भनेर आफूलाई कर्मको सिद्धान्तका खरो पक्षधरका रूपमा स्थापित गरेका छन् ।
सम्बन्धहरूको जटिलता स्विकार्दै त्यसका आधारका बारेमा लेखक निकै फरक धारणा राख्छन् । 'प्रेम' लाई उनी संसारको कुनै पनि सम्बन्धको आधार मान्दैनन् । आकर्षण, विकर्षण, माया, दया, घृणा, चाहना, वासना, यौन नै सम्बन्धको आधार भएको उनको विश्लेषण
छ । स्वार्थ र दायित्वलाई नै संसारको कुनै पनि सम्बन्धको दिगो र टिक्ने आधारका रूपमा स्थापित गर्न खोजेका लेखकले प्रेमलाई नकार्दै दायित्व र मर्यादालाई नै दाम्पत्य वा पारिवारिक सम्बन्धको आधार बनाएका छन् । दायित्व र मर्यादा शाश्वत नभएर समय र परिस्थितिले गर्दा घोटिँदै, खिइँदै
जाने हुँदा तिनको स्वाभाविक ह्रासकट्टीलाई लेखक स्विकार्छन् । सन्तानका सम्बन्धमा लेखक भन्छन्- 'सन्तान नहुनु एक पीडा हो भने सन्तान हुनु सय पीडा हो । सन्तानलाई सिकाउन सकिन्छ भन्ने सोच मानव जीवनको दुःखान्त हो' किनभने उनी थप्छन्- 'संसारमा कसैले कसैलाई केही पनि सिकाउन
सक्दैन । सिक्नेले आफंै सिक्छ, स्वप्रेरणाले सिक्छ । कुनै पनि बेसोमतिले आफ्नो बेसोमतलाई बेसोमत
मान्दैन । जसले आफ्ना मूर्खता र कमजोरीको जति औचित्य सिद्ध गर्न खोज्छ, त्यसले आफूमा त्यति नै कमजोरी र मूर्खताहरू बढाउँछ ।'
उनी समाज, नैतिकता र परम्परालाई लेखक ढोंग मान्छन् । 'आदर्श महान् हुन्छ तर जब मान्छेको पेटमा चारा हुँदैन तब सबै आदर्श व्यर्थ
हुन्छन् ।' लेखक स्वयंको भोगाइका आधारमा ठोकुवा गर्छन् । लोकव्यवहारले अस्वीकार गरेको विचार निरर्थक हुन्छ । लेखकको अनुभव छ- 'संसार पैसामय छ, मान्छेले पैसा कमाउन जे पनि गरेको छ जुन कल्पनासम्म पनि गर्न सकिन्न ।'
सबै प्रमुख धर्महरू मान्छेको जुनीको अन्तिम लक्ष्य मोक्ष अर्थात् ईश्वरमा विलय हुनु हो भन्छन् । तथापि लेखकको ठम्याइ छ- 'औसत मान्छे मुक्ति वा निर्वाण चाहँदैन, मान्छेले मुक्ति चाहने भए यो जुनीमा जसरी भए पनि बाँच्नका लागि यत्रोविधि आसक्त हुने
थिएन । यो जुनीमा मान्छे आसक्तिले गर्दा नै बाँचेका छन् र मरेपछि फेरि जन्मेर त्यो आसक्तिलाई निरन्तरता दिन चाहन्छन् । मोक्ष पाएर सांसारिक भोगको ढोका बन्द गर्न चाहँदैनन् । तसर्थ उनको निष्कर्ष छ- 'सकाम कर्म भोगको लोभ हो ।' खुसीलाई नै जीवनको लक्ष्य ठान्ने लेखकले सबैले बुझ्ने 'हाँसो' लाई जगत्को एक मात्र मातृभाषा ठानेका छन् । आफ्नो सामाजिक अभियानको अनुभवका आधारमा लेखक भन्छन्- 'मानवीय विकासको लक्ष्य मान्छेको दुर्बलता घटाउनु र सबलता बढाउनु हो ।' नेपाली मानसिकताको यस्तो चित्र कोरिएको छ लेखकको मानसपटलमा- 'नेपाली मानसिकता यति दरिद्र छ कि आफ्नो बाहेक बृहत्तर स्वार्थ र हितका लागि कसैले पनि केही पनि गर्छ भन्ने सोच्नै सक्दैन ।' घृणालाई नै युद्धको बीउ ठान्ने लेखक प्रेमलाई नै युद्धको कारक ठान्छन् । मित्रलाई पनि शत्रुलाई जस्तै निगरानी गर्नुपर्ने उनको अनुभवले बताएको छ । सबै कूटनीति अरू उपायले गरेको युद्धको विस्तार भएको लेखकको ठहर छ ।
जो कोहीलाई पनि अप्ठ्यारो लाग्न सक्छ जब लेखक भन्छन्- 'मान्छेले सुखको खोजीमा सुखभन्दा बढी दुःख पाउँछ ।' अनि झन् थप्छन् 'भ्ा्रम सबभन्दा सर्वश्रेष्ठ सुख हो । मान्छे भ्रमलाई सुख ठान्छ र सुखी हुन्छ । भ्रम निवारण सबभन्दा ठूलो दुःख हो । भ्रम निवारण भइसकेपछि पनि कोही दुःखी हुँदैन भने त्यो ज्ञानी हुन्छ, सन्त हुन्छ । 'ब्रह्म सत्यम् जगन्मित्थ्या- अर्थात् ब्रह्म सत्य हो जगत् मित्थ्या हो' भन्ने भनाइलाई आधार मान्ने हो भने लेखकको भनाइसँग सहमत हुन सकिएला तर डोरीलाई सर्प भनेर भ्रममा परी दुःखी मान्छे भ्रम निवारण पछि दुःखी रहँदैन । त्यस्तै कुनै नराम्रो सपना देखेर दुःखी भएको मान्छे विपनामा आउँदा दुःखी रहँदैन । लेखक आफू सन्तको उचाइमा पुग्न खोज्दाखोज्दै धेरै ठाउँमा चिप्लिएका छन् । उनको अहं यत्रतत्र छताछुल्ल हुँदाहुँदै पनि त्यसलाई स्वाभिमानको कलेवरभित्र राख्न खोजिएको सहजै अनुभूति गर्न सकिन्छ । समयकै खेला होला, विषम र विशिष्ट शारीरिक अवस्थामा समेत सबैको मनमस्तिष्कको गहिराइमा गएर छुन सक्ने जीवन दर्शनको यथार्थ लेख्ने साहस लेखकलाई प्राप्त भएको देखिन्छ । यसलाई 'धन्य' भन्नैपर्छ ।

0 comments: